Logo
Logo

बडिमालिका नगरपालिकाका सबै विद्यालयमा नियमित पठनपाठन


- दृष्टि न्युज/संवाददाता


नन्दा थापा, बाजुरा, ८ मंसिर । बडिमालिका नगरपालिकाका सबै विद्यालय आइतबारबाट औपचारिक रुपमा सञ्चानलमा आएका छन् । विद्यालय मंसिर ३ गतेबाट खुले पनि पढाइ भने हिजोबाट औपचारिकरुपमा सञ्चालन भएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रंगमल विकले बताउनु भएको छ । गत चैत्र ११ गते देखि सरकारले घोषणा गरेको लकडाउनका कारण पठनपाठन प्रभावित बनेका बडिमालिका नगरपलिकाका सम्पुण बिद्यालयमा नियमित रुपमा पठन पाठन शुरुभएको उहाँले बताउनु भएको छ ।

शैक्षिकसत्र शुुरु भएको सात पहिनापछि सुनसान रहेका विद्यालयहरुमा आजबाट विद्यार्थी देखिन सु्रुभएका छन् । नगरपालिकाले मंसिर ३ गते नै विद्यालय नियमीत रुपमा संचालन गर्न निर्देशन गरेको भएपनी आजबाट बिद्यार्थीहरु औपचारीक विद्यालय पोसाक सहित विद्यालयमा उपस्थित भएको प्रमुख प्रशासकिय अधिकृत विकले जानकारी दिनुभएको छ । सदरमुकाम मार्तडीमा रहेको मालिका नमुना माद्यामीक विद्यालयको अनुगमन गर्दै विकले लामो समयपछि विद्यालयमा आफ्ना बिद्यार्थी र शिक्षक संगै देख्न खुशी लागेको बताउनुभएको छ ।

जिल्लाकै अत्याधिक बिद्यार्थीको चाप रहेको मालिका माद्यामिक विद्यालयमा कोरोना संक्रमणको जोखिम उच्च रहेकाले स्वास्थ्य सुरक्षाका आधारभुत मापदण्ड पुरा गर्ने गरि विद्यालय संचालन गरिएको बिद्यालयका प्राचार्य शुभराज पाध्यायले बताउनु भएको छ । करिब २ हजारको हाराहारीमा विद्यार्थी रहेको मालिका नमुना माद्यामिक बिद्यालयले यस अघि दुरशिक्षा कक्षा र बैकल्पीक कक्षाहरु मार्फत सिकाई सहजीकरण गरेको थियो ।

बडिमालिका नगरपालिकाकामा रहेका ३ वटा निजी विद्यालयहरुले केही जोखिम अनुसार यस अघि नै शिक्षण सुरु गरिरहेका थिए भने २५ वटा सामुदायिक विद्यालयले भने आजबाट पठनपाठन सुरु गरेको नगरपालिकाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्