Logo
Logo

न्यायाधीशलाई सिआइबीको डर


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, ९ मंसिर । बालुवाटार जग्गा प्रकरणमा पूर्व प्रधानमन्त्री माधव कुमार नेपाललाई मुद्दा चलाउनुपर्ने मागसहित सर्वाेच्च अदालतमा दायर भएको मुद्दामा पेशी चढेको छ । पार्टीमा विवाद चलिरहेकाले सर्वाेच्चको मुद्दाले नेता नेपाललाई त्रसित बनाएको छ ।

उता सर्वाेच्च अदालतकै न्यायाधीश समेत सो मुद्दामा त्रासमा छन् । न्यायाधीश कुमार रेग्मीलाई भने प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोको त्रास छ ।

रेग्मीलाई पनि यसअघि अख्तियारले जग्गा फिर्ता गर्ने सर्तमा मुद्दा नचलाउने निर्णय गरेको थियो । तर, सिआईबीको अनुसन्धानमा उनी तानिने सम्भावना छ । मुद्दा चलेमा पद नै जाने भएकाले उनी पनि सो प्रकरण मिलाउन लागिपरेका छन् ।

स्रोतका अनुसार सिआइबीको अनुसन्धान अन्तिम चरणमा पुगिसकेको छ । अख्तियारले भन्दा धेरैलाई प्रतिवादी बनाई सिआईबीले मुद्दा चलाउने तयारी गरेको छ । जसमा निर्वाचन आयोगका पूर्व आयुक्त सुधीर कुमार शाह लगायत समेत छन् ।

प्रतिक्रिया दिनुहोस्