काठमाडौं । नेपाल उद्योग वाणिज्य महासङ्घको ६०औँ वार्षिक साधारणसभा आजदेखि सुरु हुँदै छ । आज साधारणसभाको उद्घाटन सत्र हुनेछ भने निर्वाचन वैशाख २२ गते अर्थात् भोली नेपाल प्रज्ञा प्रतिष्ठानमा हुने निर्वाचन समितिले जानकारी दिएको छ ।

महासङ्घको ७३ पदाधिकारीका लागि १३७ व्यवसायीले उम्मेदवारी दिएका छन् । जिल्ला९नगर, वस्तुगत र एशोसिएट समूहका विभिन्न पदमा प्रतिस्पर्धा हुनेछ भने वरिष्ठ उपाध्यक्ष, महिला उपाध्यक्ष र कोषाध्यक्षको निर्वाचन छुट्टै गरिनेछ ।
जिल्ला९नगर उपाध्यक्षका लागि चार जनाबीच प्रतिस्पर्धा छ भने वस्तुगत र एशोसिएट उपाध्यक्षमा दुई/दुई जनाको उम्मेदवारी परेको छ ।
वरिष्ठ उपाध्यक्ष पदमा हेमराज ढकाल, रामचन्द्र संघई र दिनेश श्रेष्ठबीच प्रतिस्पर्धा हुदैछ । निर्वाचनपछि महासङ्घ वर्तमान वरिष्ठ उपाध्यक्ष अञ्जन श्रेष्ठको नेतृत्वमा अघि बढ्नेछ । यस निर्वाचनमा वर्तमान अध्यक्ष चन्द्र ढकाल र वरिष्ठ उपाध्यक्ष श्रेष्ठको समूहले प्यानल नै बनाएर चुनावी मैदानमा उत्रिएका छन् ।











