
काठमाडौं । नेपालको प्रतिष्ठित व्यापारिक घराना भाट–भटेनी सुपर मार्केट प्रालिले आफ्नो पोखरास्थित शाखा पुनः सञ्चालनमा ल्याएको छ । सुपर मार्केटका अध्यक्ष मीन बहादुर गुरुङले आज बिहान उक्त स्टोरको औपचारिक उद्घाटन गरेका हुन् ।
उक्त स्टोरले दैनिक रूपमा बिहान १० बजेदेखि नियमित सेवा प्रदान गर्ने भाटभटेनी सुपर मार्केटका प्रमुख संचालन अधिकृत पानू पौडेलले जानकारी दिए ।
ग्राहकहरूको सुविधालाई मध्यनजर गर्दै आधुनिक सुविधा तथा गुणस्तरीय सेवा उपलब्ध गराउने प्रतिबद्धता यथावत् रहेको समेत भाटभटेनीले जनाएको छ ।
यस अवसरमा भाटभटेनीले सम्पूर्ण ग्राहकवर्ग, शुभेच्छुक तथा सरोकारवालाहरूको निरन्तर साथ, सहयोग र विश्वासप्रति हार्दिक आभार व्यक्त गर्दै आगामी दिनहरूमा समेत यहाँहरूको साथ रहने अपेक्षा राखेको छ ।












