Logo
Logo

दृष्टि अर्थात् चेतनाको झिल्को


- लक्ष्मण देवकोटा


  • लक्ष्मण देवकोटा

पाल्पाको मदनपोखरा भूमिगतकालमा प्रतिबन्धित नेकपा मालेका नेताहरुको सेल्टर थियो । सदरमुकाम तानसेनमा पञ्चहरुको जगजगी थियो । तानसेन बजारमा तरकारी पु¥याउने जिम्मेवारी मदनपोखराका किसानको थियो ।

अहिले पनि छ । बुटवलमा तरकारी पु¥याउने पनि मदनपोखराकै किसानहरु थिए । श्रमको सम्मान गर्नुपर्छ भन्ने सामूहिक भावना त्यतिबेलादेखि मदन पोखराका किसानहरुले जुरुक्कै उचालेका थिए । स्कूलका हेडमास्टरहरु बिहान तानसेन बजारमा तरकारी बेचेर दिउँसो विद्यार्थी पढाउन जान्थे । तिनै शिक्षकहरुको संगतले हामी विद्यार्थीहरु सबैमा क्रान्तिको चेत जागिसकेको थियो । त्यो चेतका दुईवटा पाटा थिए, पहिलो थियो आफ्नो काम आफै गर्नुपर्छ । श्रम गरेर कोही सानो हुँदैन । अर्को थियो, पञ्चायती व्यवस्थाको अन्त्य नभई यो देशको आमूल परिवर्तन सम्भव छैन ।

झपेन्द्र जिसी, एकप्रसाद भण्डारी, नगेन्द्र पाण्डे, लक्ष्मी पाठक, दुर्गा घिमिरेहरुले अहिलेका स्वर्गीय मदन भण्डारी, जीवराज आश्रित, केपी शर्मा ओली, झलनाथ खनालहरुलाई गाउँमा लैजानुहुन्थ्यो । लुम्बिनी अन्चलको विशेष जिम्मेवारीमा रहेका बखत विष्णु पौडेल, वामदेव गौतम, मोदनाथ प्रश्रित, प्रदीप नेपाल, सिद्धिनाथ ज्ञवालीहरु पनि बरोबर गइरहनुहुन्थ्यो । तर यी नेताहरु नाम बदलेर गाउँगाउँमा जाने हुनाले धेरैले मेसो पनि पाउँदैनथे । पार्टीमा आबद्ध सदस्यहरुलाई प्रशिक्षण दिने काम नेताहरुबाट हुन्थ्यो । मदनपोखरा र पाल्पाको कम्युनिष्ट आन्दोलनको इतिहासमा अभिलेखीकरण गर्न जरुरी छ । अहिले पनि मदनपोखरा भन्नासाथ चेतनशील किसानहरुको गाउँ हो भनेर चिनिन्छ । मदनपोखराका किसानहरु कम्युनिष्ट आन्दोलनबाट प्रभावित भएकै कारण हरेक मोर्चामा उनीहरु अगाडि छन् ।

गाई त बाँध्यौं ढुँग्रोमा मोही छैन, गरिबको चमेली बोल्दिने कोही छैन …. भनेर यी गीतहरु गाउँगाउँमा गीत, कविताका माध्यमबाट चेतनाको राँको बाल्नेहरु आज दुःखि र निराश छन् । कम्युनिष्ट नेताहरु भित्रै खिचातानी र पानी बाराबारको स्थिति देख्न कार्यकर्ताहरु विवश छन् । पार्टी पद्धति र बहस शून्यप्राय भएको छ । नीति,सिद्धान्त र विचार होइन, सत्ताका लाभ हानीको हिसाब किताबमा नेताहरु व्यवस्त छन् । मुलुकमा संचार र प्रविधिको क्षेत्रमा तिब्र परिवर्तन भइरहेका बेला पार्टीले कसरी शोषित, उत्पीडितलाई मूलधारमा ल्याउन सक्ला ? भन्ने बारे कसैको चासो चिन्ता र सरोकार छैन । दलाल, बिचौलिया र नाफाखोरहरुकै दिन आएको छ । गूट उपगूटहरु स्वार्थ समूहमा परिणत भइरहेका छन् ।

यसरी लुकीछिपी जाने नेताहरुले झोलामा बोकेर लैजाने पत्रिका थियो, दृष्टि । पञ्चायती शासनका बेलाको दृष्टिमा मेरो भेकमा सबैभन्दा रुचाइएको र चिया पसल, चौताराहरुमा समेत छलफल हुने स्तम्भ म थियो– मोदनाथ प्रश्रितको जीवनको बाटोमा । जीवनको बाटोमा असाध्यै सरल तरिकाले गम्भीर कुराको प्रस्तुति हुन्थ्यो प्रश्रितको । बडो रोचकताका साथ पढिने अर्को स्तम्भ थियो विमल निभाको देब्रे कुना । व्यँग्य विधाका बादशाह विमल निभाको वक्रोक्ति साहित्य र राजनीतिको रोचक र घोचक सम्मिश्रण थियो । नारायण ढकाल, प्रदीप नेपाल, विष्णु प्रभातलगायतका नियमित लेखकहरुको लेखले क्रान्ति र चेतनाको दियो गाउँगाउँसम्म पु¥याएका थिए । त्यतिबेला केपी ओली, मोहनचन्द्र अधिकारीलगायत दर्जनौं मालेका नेताहरु कारागारभित्र थिए । जो बाहिर थिए, उनीहरु भूमिगत थिए । त्यसबखत प्रशासनको अनेक हण्डर ठक्कर खाँदै गाउँ गाउँमा चेतना फैलाउने माध्यम बनेको थियो यो दृष्टि साप्ताहिक ।

दृष्टि मुलुकमा प्रजातन्त्र प्राप्तिको मिसनमा खटिएको र निकै मिहिनेतका साथ त्यसको सम्पादकीय टोली खटिएको बुझ्न सकिन्थ्यो मोफसलबाट पनि । संयुक्त आन्दोलनपछि प्रजातन्त्र आयो । निर्वाचन पश्चात कांग्रेसले शासन सत्ता सम्हाल्यो । प्रतिपक्षमा उनै हिजोका भूगिगतकालीन नेताहरु थिए । कांग्रेसी शासनकाल मुलुकको निम्ति दूर्भाग्यपूर्ण रह्यो ।

नदीनाला भारतलाई सुम्पिनेदेखि लिएर भएका कलकारखाना सबै बन्द गराएर खुला बजार अर्थतन्त्रका नाममा मुलुकलाई टाट पल्टाउने काममा कांग्रेस सरकारले ग¥यो । प्रमुख प्रतिपक्ष एमालेले पनि त्यसलाई रोक्नेतिर खासै ठूलो कदम चालेन । खुला बजार अर्थतन्त्रको समर्थक नै देखियो एमाले पनि । अन्ततः चीन सरकारको सहयोगमा खोलिएका सबैजसो उद्योगधन्दाहरु बन्द भए । त्यसबखत पनि प्रतिपक्ष एमालेलाई झक्झक्याउनेदेखि लिएर सत्ता पक्षले गरेका बदमासीहरुको एक एक फेहरिस्त जनतासामु पु¥याउने काममा दृष्टिले भूमिका खेलिरह्यो । कांग्रेसभित्रको अन्तद्र्वन्द्व चर्कदै जाँदा एमालेको वृत्त फैलिंदै गयो नेपाली राजनीतिमा । अन्ततः नौ महिनाको शासन सत्ताको शुरुवाती अनुभवमा प्रयोग भएका आफ्नो गाउँ आफै बनाउँ अभियानको सशक्त प्रचारकको रुपमा दृष्टिले आलेख, रिपोर्ट, अन्तरवार्तामार्फत देशैभरि जनता जागरुक भएका कुरा लेखिरह्यो ।

जनयुद्धमा फेरि माओवादी उभारसँग वैचारिक सँघर्षको प्लेटफर्मको रुपमा दृष्टि देखाप¥यो । गणतन्त्र प्राप्तिपछि संचार माध्यममा आएको आमूल परिवर्तनले दृष्टिको अबको बाटो कता ? भन्ने प्रश्न उठाएको छ । के नेपालमा मिसन पत्रकारिता समाप्त भएर व्यवसायिक पत्रकारिताको शुरुवात भएकै हो या अझै पनि मिसन पत्रकारिता बाँकी छ ? हिजो महाकवि देवकोटाले कल्पना गरेको सुनको बिहानको अपेक्षा गरेर जसको जोत उसको पोत भन्ने नारालाई लेखनको मूल मर्म बनाएर गरिब दुखि, सर्वहारा, महिला, उत्पीडितको पक्षमा लेखिरहने दृष्टिको मिसन पूरा भयो त ? युद्धप्रसाद मिश्र, केवलपुरे किसान, गोविन्द वर्तमान, पारिजातहरुले देखेको समानतामूलक समाज आइसक्यो त हाम्रो नेपालमा ? दुई तिहाई निकटको कम्युनिष्ट सरकार मुलुकमा शासन गरिरहँदा जनताले के त्यो अनुभूति गरिरहेका छन् ? दृष्टिको अबको यात्रा यही प्रश्नको उत्तरसँगै जोडिनेछ ।

हिजो लुकीलुकी दृष्टि पढ्ने, दृष्टिका कतिपय लेखहरु फोटोकपी गरेर गाउँ गाउँमा बाँड्ने इमान्दर कार्यकर्ता र शुभेच्छेकहरु ठान्दछन्, दृष्टिको मिसन पूरा भएको छैन । कम्युनिष्ट आएपछिको परिकल्पित समाज र अहिले देखिएको समाज बिल्कुल विपरीत ध्रुवमा छन् ।

गाई त बाँध्यौं ढुँग्रोमा मोही छैन

गरिबको चमेली बोल्दिने कोही छैन ….

भनेर यी गीतहरु गाउँगाउँमा गीत, कविताका माध्यमबाट चेतनाको राँको बाल्नेहरु आज दुःखि र निराश छन् । कम्युनिष्ट नेताहरु भित्रै खिचातानी र पानी बाराबारको स्थिति देख्न कार्यकर्ताहरु विवश छन् । पार्टी पद्धति र बहस शून्यप्राय भएको छ । नीति,सिद्धान्त र विचार होइन, सत्ताका लाभ हानीको हिसाब किताबमा नेताहरु व्यवस्त छन् । मुलुकमा संचार र प्रविधिको क्षेत्रमा तिब्र परिवर्तन भइरहेका बेला पार्टीले कसरी शोषित, उत्पीडितलाई मूलधारमा ल्याउन सक्ला ? भन्ने बारे कसैको चासो चिन्ता र सरोकार छैन । दलाल, बिचौलिया र नाफाखोरहरुकै दिन आएको छ । गूट उपगूटहरु स्वार्थ समूहमा परिणत भइरहेका छन् । समानान्तर संघर्षको नाममा स्वार्थ समूहहरुको मल्लयुद्ध मंचन भइरहेको छ ।

नेपाल कम्युनिष्ट पार्टीका निम्ति मात्र होइन, सिंगो नेपाली वामपन्थी आन्दोलनको निम्ति पनि यो राम्रो सँकेत होइन । यसबेला दृष्टिको काँधमा झन् ठूलो मिसन आइपरेको छ । सत्ताको मदले दृष्टि हराएका हिजोका सर्वहाराका पक्षधरहरुको चक्षु फेरि खोलिदिने जस्तो काम दृष्टिको काँधमा आइपुगेको छ । उही नारायण ढकालको जस्तो तेजतरार, विमल निभाको जस्तो व्यँग्य र मोदनाथ प्रश्रितको झै गाउँबेसीका बोली मार्फत् बाटो बिराउन लागेको वाम आन्दोलनलाई सही बाटोमा ल्याउने महान दायित्व दृष्टिको काँधमा आइपुगेको छ ।

दृष्टि केवल पत्रिका मात्रै रहेन, हिजो जननेता मदन भण्डारी साइकल चलाउँदै विचार विमर्श गर्न पुग्ने थलो थियो दृष्टि । कतिपय जिल्लाका कार्यकर्ताहरु मदनलाई भेट्न नक्साल डेरामा पुग्दा मदन कि त ‘दृष्टि’ पढिरहेका हुन्थे, कि त दृष्टिका लागि लेख रचना तयार गरिरहेका हुन्थे । उनको यस्तो व्यवहारले कार्यकर्ताहरुमा मनमनै ‘दृष्टि’ पढ्नुपर्ने रहेछ भन्ने चेतना लिएर फर्कन्थे । कतिपय समय बागबजार माले कार्यालयसँगै रहेको ‘दृष्टि’मा मदन भेटिन्थे । खुलामञ्चको आमसभामा भाषण गर्न जानु अगाडि खुलामञ्चमा के बोल्ने भन्ने टिपोर्ट ‘दृष्टि’को शान्त कोठामा ढोका थुनेर लेख्थे । मैले जाने बुझेसम्म त्यो बेला ‘दृष्टि’ मदन कमरेडको कमाण्डमा चल्थ्यो । दृष्टिका अक्षर अक्षरले क्रान्तिको ज्वाला ओकल्थ्यो । दृष्टि आज र भोलि पनि त्यस्तै बनोस् । शुभकामना ।

प्रतिक्रिया दिनुहोस्