Logo
Logo

बिओके क्यापिटल लिमिटेडको पाँचौ वार्षिक साधारणसभा सम्पन्न


- दृष्टि न्युज/संवाददाता


काठमाडौं । बिओके क्यापिटल लिमिटेडको पाँचौ वार्षिक साधारणसभा २०७७ मंसिर ५ गते क्यापिटलको सञ्चालक समितिका अध्यक्ष महेश मिश्रको अध्यक्षतामा सम्पन्न भएको हो ।

उक्त साधारणसभाले आब २०७६/७७ को वित्तीय विवरणहरु पारित गर्नुका साथै आब २०७६/७७ सम्मको सञ्चित मुनाफाबाट चुक्ता पूँजी रु. २१ करोडको ४.५ प्रतिशतका दरले हुने रकम रु ९४ लाख ५० हजार नगद लाभांश (करसमेत) वितरण गर्ने प्रस्ताव पारित गरेको हो ।

साथै उक्त साधारणसभाले क्यापिटलले सामूहिक लगानी कोषको कोष व्यवस्थापन तथा डिपोजिटरी भई कार्यसम्पादन गर्ने गरी उद्देश्य थप गर्ने प्रस्ताव पारित गरेको हो ।

प्रतिक्रिया दिनुहोस्