Logo
Logo

प्रभु बैंकले ग्राहकहरुका लागि इ–केवाइसी सेवा सञ्चालनमा ल्यायो


- दृष्टि न्युज/संवाददाता


काठमाडौं । प्रभु बैंक लिमिटेडले आफ्ना ग्राहक महानुभावहरुको सुविधालाई मध्यनजर गर्दै इ–केवाइसी सेवा सञ्चालनमा ल्याएको छ । प्रभु बैंकमा खाता खोली कारोबार गर्नुभएका सम्पूर्ण ग्राहक महानुभावले बैंकको वेबसाइट डब्लुडब्बलु.प्रभुबैंक.कममा लगइन गरी अनलाइनमार्पmत केवाइसी अद्यावधिक गर्ने व्यवस्था मिलाइएको छ जसबाट सो प्रयोजनका लागि अब बैंकसम्म पुगिरहनुपर्ने बाध्यता पूर्णरुपमा हटेको छ ।

प्रभु बैंक लिमिटेडले सञ्चालनमा ल्याएको उक्त सेवा सुरक्षित एवं प्रभावकारी रहेको तथा केवाईसीसम्बन्धी सम्पूर्ण विवरणहरु यथा–समयमै अद्यावधिक गरी खाता नियमित सञ्चालन गर्न सहज हुनेछ र यसबाट ग्राहक महानुभावहरुले आफ्ना समय बचत तथा सदुपयोग गरी अत्याधिक लाभ उठाउनु हुनेछ भन्ने बैंकले पूर्ण विश्वास लिएको छ ।

प्रतिक्रिया दिनुहोस्