Logo
Logo

भारतको आश्वासन : नेपालले मागेजति मल र इन्धन आपूर्ति जारी रहने


0
Shares

काठमाडौं । भारतीय विदेश मन्त्रालयले नेपाल र भारतबीचको सम्बन्ध बहुआयामिक र सुदृढ रहेको बताउँदै पेट्रोलियम पदार्थ तथा रासायनिक मलको निरन्तर आपूर्ति हुने प्रतिबद्धता दोहोर्‍याएको छ ।

The current image has no alternative text. The file name is: bharat.jpg

बिहीबार आयोजित साप्ताहिक मिडिया ब्रिफिङमा भारतीय विदेश मन्त्रालयका प्रवक्ता रणधीर जैसवाल ले नेपालसँगको व्यापारिक तथा रणनीतिक सहकार्य मजबुत रहेको बताएका हुन् ।

नेपालमा अत्यावश्यक वस्तुको आपूर्तिबारे सञ्चारकर्मीले राखेको प्रश्नको जवाफ दिँदै उनले दुई देशबीच आयात-निर्यात प्रक्रिया नियमित रूपमा सञ्चालन भइरहेको जानकारी दिए। ‘नेपाल र भारतबीच पेट्रोलियम पदार्थ आपूर्तिसम्बन्धी जुन सम्झौता छ, त्यसअनुसार हामी निरन्तर इन्धन आपूर्ति गरिरहेका छौं,’ उनले भने, ‘यो प्रक्रिया आगामी दिनमा पनि यथावत् रहनेछ ।’

रासायनिक मल आपूर्तिबारे पनि भारतले सकारात्मक धारणा व्यक्त गरेको छ। प्रवक्ता जैसवालले नेपाललाई आवश्यक पर्ने मल उपलब्ध गराइने स्पष्ट पारे। पछिल्लो समय नेपालले भारतसँग रासायनिक मल खरिदका लागि सरकार-सरकार (जीटुजी) सम्झौता गरेको छ ।

पेट्रोलियम पदार्थका हकमा भने नेपाल आयल निगम र इन्डियन आयल कर्पोरेसन बीच दशकौंदेखिको व्यावसायिक सहकार्य रहँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्