Logo
Logo

उत्कृष्ट मध्यमस्तरीय करदाताको रुपमा कामना सेवा सम्मानित


- दृष्टि न्युज/संवाददाता


काठमाडौं । कामना सेवा विकास बैंक आर्थिक वर्ष २०७६/७७ मा मध्यमस्तरीय उत्कृष्ट करदाताको रुपमा सम्मानित भएको छ । कर दिवसको अवसरमा विगत वर्षहरुमा जस्तै यस वर्ष पनि आन्तरिक राजस्व विभागद्वारा मध्यमस्तरीय करदाता कार्यालयको कार्यक्षेत्रभित्र पर्ने करदातामध्ये सबैभन्दा बढी आयकर दाखिला गरेको कामना सेवा विकास बैंकलाई उक्त मध्यमस्तरीय उत्कृष्ट करदाताको रुपमा सम्मानित गरिएको हो ।

बैंकले आर्थिक वर्ष २०७४/७५ मा पनि आन्तरिक राजस्व विभागद्वारा सबैभन्दा बढी आयकर दाखिला गरेवापत सो सम्मान प्राप्त गरिसकेको छ । आन्तरिक राजस्व विभागद्वारा हरेक वर्ष राष्ट्रिय कर दिवसको अवसर पारेर विभिन्न विधाहरुमा कदर स्वरुप उत्कृष्ट करदाताहरुलाई सम्मान प्रदान गर्दै आइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्