Logo
Logo

माछापुच्छ्रे बैंक र विभिन्न होटलबीच व्यवसायिक सम्झौता


- दृष्टि न्युज/संवाददाता


काठमाडौं । माछापुच्छ्रे बैंक र ल्याण्डमार्क होटल, रिजोर्ट एण्ड स्पा र द फर्न रेसिडेन्सि (भरतपुर, चितवन) बैंकका ग्राहकहरुलाई छुट प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ ।

सम्झौता अनुसार माछापुच्छ्रे बैंकका ग्राहकहरूले २ वटै तारे होटलको खाना र पेय पदार्थमा १५ प्रतिशतसम्म छुट पाउनेछन् भने ल्याण्डमार्क होटल, रिजोर्ट एण्ड स्पा (काठमाडौँ, चितवन र पोखरा) को बसाइँमा ३५ प्रतिशत तथा विषेश प्याकेजहरुमा ५ प्रतिशतसम्म छुट पाउनेछन् । बैंकका ग्राहकहरूले उक्त छुट, बैंकको डेबिटरक्रेडिट कार्ड तथा एटीएम प्रयोग गरी बिल भुक्तानी गर्दा पाउन सक्नेछन् ।

यसैगरी माछापुच्छ्रे बैंकले आफ्ना ग्राहकको सुविधालाई मध्यनजर गर्दै नगरकोटको प्रसिद्ध होटल क्लव हिमालयन प्रालिसँग पनि सम्झौता गरेको छ । सम्झौताअनुसार माछापुच्छ्रे बैंकका ग्राहकले क्लव हिमालयन प्रालि फुड एण्ड वेभरेजमा १० प्रतिशतसम्मको छुट प्राप्त गर्न सक्नेछन् । बैंकले देशभर रहेका विभिन्न संघसंस्था तथा व्यापार व्यवसाय सग व्यवसायिक सम्झौता गरि आफ्ना ग्राहकहरुलाई आर्कषक छुट प्रदान गर्दै आएको छ ।

बैंकले पूर्वमा झापादेखि पश्चिममा कन्चनपुर साथै हिमालदेखि पहाड र तराईसम्म आफ्ना १६० वटा शाखाहरु १३३ शाखारहित बैकिङ सेवा तथा ५ शाखारहित बैंकिङ समेत गरी जम्मा २९३ स्थानबाट ग्राहक महानुभावहरुमा सम्पूर्ण बैंकिङसुबिधा प्रदान गरिरहेको छ । साथै बैंकको देशभर १९८ वटा एटीएमहरु सञ्चालनमा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्