Logo
Logo

कोस्टारिकाको राष्ट्रपतिमा लाउरा फर्नान्डेजले लिइन् शपथ


0
Shares

काठमाडौं । लाउरा फर्नान्डेजले कोस्टारिकाको राष्ट्रपतिको रूपमा पद तथा गोपनीयताको शपथ लिएकी छन् । सान जोसस्थित नेशनल स्टेडियममा आयोजित एक विशेष समारोहका बीच उनले आगामी चार वर्षका लागि राष्ट्रपतिको कार्यभार सम्हालेका हुन् ।

३९ वर्षीया फर्नान्डेजलाई निवर्तमान राष्ट्रपति रोड्रिगो चाभेसले राष्ट्रपतीय ओहोदाको प्रतीक ’स्यास’ हस्तान्तरण गरे । उक्त समारोहमा विभिन्न देशका विशिष्ट अतिथिहरूसहित करिब २० हजार सर्वसाधारणको उपस्थिति रहेको थियो ।

सोभरेन पिपल्स पार्टीका तर्फबाट उम्मेदवार बनेकी फर्नान्डेजले गत फेब्रुअरी १ मा भएको निर्वाचनमा जित हासिल गरुेुकी थिइन् । यसअघि उनले राष्ट्रिय योजना तथा आर्थिक नीति मन्त्री र त्यसपछि राष्ट्रपतीय मन्त्रीका रूपमा जिम्मेवारी सम्हालिसकेकी छन् ।

राष्ट्रपतिको रूपमा पहिलो सम्बोधन गर्दै फर्नान्डेजले आफ्नो सरकारले अपराध नियन्त्रणलाई प्राथमिकता दिने र राज्यका निकायहरूमा लागुऔषध तस्करीको प्रभाव रोक्ने प्रतिवद्धता व्यक्त गरिन् । सोही अवसरमा उनले मुलुकमा एउटा नयाँ ‘मेगा–जेल’ (विशाल कारागार) निर्माण गर्ने र विश्वकै अत्याधुनिक मध्येको एक प्रहरी निगरानी केन्द्र स्थापना गर्ने योजनासमेत घोषणा गरिन् ।

प्रतिक्रिया दिनुहोस्