Logo
Logo

मंसिर २२ मा अभिनेत्री श्वेताको बिहे !


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, १२ मंसिर । अभिनेत्री श्वेता खड्काले धनगढीका युवकसँग यही २२ मंसीरमा बिहे गर्दैछिन् । स्रोतको हवाला दिँदै सुदूरपत्र डटकमले श्वेताको विवाह विजेन्द्र रावतसँग २२ मंसिरमा हुने जनाएको छ । तर, यसबारे अभिनेत्री श्वेताले पुष्टि गरेकी छैनन् ।
समाचारमा उल्लेख गरिएअनुसार विवाहका लागि श्वेता र विजेन्द्रका परिवारले तयारी थालेका छन् । विजेन्द्रको बिहेका लागि उनका बुबा आमा काठमाडौं आइसकेका छन् । विजेन्द्र पनि काठमाण्डौंमै छन् । बिहे मंसिर २२ गते काठमाडौंमा हुने बताइएको छ । तर, यसबारे श्वेता र विजेन्द्रका परिवारले कुनै प्रतिक्रिया दिएका छैनन् ।
गएको दशैँका बेला श्वेता र विजेन्द्रको टीका लगाएको तस्बिर सामाजिक सञ्जालबाट बाहिरिएको थियो । त्यसपछि श्वेताको बिहेबारे चर्चा चलेको थियो । तर, श्वेताले सो कुरा नकार्दै आएकी छन् ।

प्रतिक्रिया दिनुहोस्