Logo
Logo

मार्तडीमा सूचना तथा मनोसामाजिक परामर्श डेस्कको स्थापना


- दृष्टि न्युज/संवाददाता


बाजुरा, १२ मंसिर । हिंसामा परेका महिलाहरुको उद्धार र सहजीकरणका लागि मार्तडीमा सूचना तथा मनोसामाजिक परामर्श डेस्कको स्थापना गरिएको छ । महिला हिंसाविरुद्धको १६ दिने अभियानको अवसर पारी बडिमालिका नगरपालिकाले मार्तडीको लोकतान्त्रिक चोकमा मनोसामाजिक परामर्श डेक्स सञ्चालन गरेको हो ।

हिंसामा परेकाहरुका लागि परामर्श दिन र न्यायका लागि सहजीकरण गर्न डेस्क स्थापना गरिएको बडिमालिका नगरपालिका महिला तथा बालबालिका शाखाले जनाएको छ । हिंसामा परेका बाहेक महिलाले ऐन, कानुन र हिंसाबारे कुनै जानकारी लिन चाहेमा पनि परामर्श दिने व्यवस्था गरिएको महिला तथा बालबालिका शाखाका कर्मचारी बिन्दु बडालले बताएकी छन् ।

डेक्स बडिमालिका नगरपालिका महिला तथा बालबालिका शाखाको आयोजना तथा युएन एफपिए लगायतका गैरसरकारी संस्थाको सहयोगमा स्थापना गरिएको हो । मार्तडीमा सञ्चालिन सुरक्षित आवासगृह सेभहाउसका कर्मचारीहरुले खटाएर परामर्श डेक्स सञ्चालन गरिएको युएनएफपिएका बाजुरा संयोजक कृष्ण चौधरीले बताएका छन् ।

परामर्श डेस्कको प्रतिनिधिसभाका सासंद लालबहादुर थापाले औपचारिक उद्घाट गरेका हुन् । थापाले परामर्श र सहज सेवाका लागि डेक्स प्रभावकारी हुने बताएका छन् । उद्घाटन समरोहमा जिल्ला समन्वय समिति प्रमुखदेखि स्थानीय तहका प्रमुख, उपप्रमुख, अध्यक्ष, उपाध्यक्षसहितको सहभागिता रहेको थियो । डेक्स १६ दिनसम्म सञ्चालन हुने बताइएको छ ।

 

प्रतिक्रिया दिनुहोस्