Logo
Logo

बलात्कार घटनाका विरुद्ध प्रधानमन्त्रीलाई ज्ञापनपत्र


- दृष्टि न्युज/संवाददाता


बाजुरा, १२ मंसिर । मेची–महाकाली संयुक्त बुहारी आवाज बाजुराले प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएको छ । बलात्कारीलाई कारबाहीको माग गर्दै मेची–महाकाली संयुक्त बुहारी आवाज बाजुराले जिल्ला प्रशासन कार्यालयमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएको हो ।

बर्दिबास नगरपालिका–१४ की ६ वर्षीया गुलाब खातुनको बलात्कारपछि हत्या गरिएकाले मृतक बालिकाको न्याय र न्यायपूर्ण आन्दोलनमा सहभागी भएका सञ्जय न्यौपानेको न्यायको मागको दबाबसहित जिल्ला प्रशासन कार्यालयमार्फत प्रधानमन्त्रीको कार्यालयलाई ज्ञापनपत्र बुझाइएको हो ।

बलात्कारपछि हत्या गरिएकी गुलाब खातुन र सञ्जय न्यौपानेप्रती श्रद्धाञ्जलि व्यक्त गर्दै मेची–महाकाली संयुक्त बुहारी आवाजले बिहीबार देशैभरि जिल्ला प्रशासन कार्यालयमार्फत प्रधानमन्त्रीको कार्यालयलाई ज्ञापनपत्र बुझाएको बाजुरा जिल्ला संयोजक सत्य रोकायाले बताएकी छन् ।

प्रतिक्रिया दिनुहोस्