Logo
Logo

घरमै बसेर सनराइज बैंकको बचत खाता खोल्न सकिने


- दृष्टि न्युज/संवाददाता


काठमाडौं । सनराइज बैंकले तुरुन्तै बचत खाता खोल्न सकिने गरी ‘सनराइज स्मार्ट बचत खाता’ ल्याएको छ । यस सुविधाअन्तर्गत ग्राहकहरुले अनलाइनमार्फत नयाँ खाता खोली तुरुन्तै खाता नम्बर प्राप्त गर्न सक्नेछन् ।

उक्त खाता सक्रिय भएपछि ग्राहकहरुले रकम जम्मा गर्न सक्नुका साथै डिजिटल ट्रान्जेक्सन समेत गर्न सक्ने बैकंले जनाएको छ । उक्त खाताका ग्राहकहरुले मोबाइल बैंकिङ प्रयोग गरी आफैले मुद्ती खाता पनि खोल्न सक्ने बैंकले जनाएको छ । यस सुविधाअन्तर्गत ग्राहकहरुले बैंकको आधिकारीक वेभसाइटमा गई कुुनै पनि बचत खाता छनोट गरी आफ्नो विवरण भने पेश गर्नुपर्नेछ ।

यसरी अनलाइनबाट खोलिएका ‘सन्राइज स्मार्ट बचत खाता’ शुन्य मौज्दातमा खोल्न सकिने र उक्त बचत खातामा आकर्षक ब्याज समेत दिने बैंकले जनाएको छ । यद्यपि ग्राहकहरुले खाता खोलेको एक वर्षभित्र भने बैंकमा उपस्थित भइ आफ्नो खाता अद्यावधिक गर्नुपर्नेछ ।

प्रतिक्रिया दिनुहोस्