Logo
Logo

बुटवलको देवीनगरमा एनएमबि बैंकको १७३औँ शाखा


- दृष्टि न्युज/संवाददाता


काठमाडौं । बुटवलको देवीनगरमा एनएमबि बैंकले १७३औं शाखा सञ्चालनमा ल्याएको छ । यससँगै लुम्बिनी प्रदेशमा बैंकको जम्मा २८ शाखा पुगेका छन् ।

हालको परिवेश र सम्बन्धित सवैको स्वास्थ्यलाई ध्यानमा राख्दै भौतिक दूरी र सुरक्षाका सम्भव उपायहरु अवलम्बन गर्दै प्रदेश कार्यालयका कर्मचारी वर्ग र बैंकको केन्द्रीय कार्यालयबाट व्यवस्थापन समितिका सदस्यहरु भने भर्चुअलरूपमै उपस्थित भई उक्त शाखाको शुभारम्भ गरिएको बैंकका लुम्बिनी प्रदेश प्रमुख मोहन केसीले बताए ।

यससँगै, बैंकले आफ्ना नवीनतम सेवा सुविधा लिएर ग्राहकसम्म पुग्ने क्रम बैंकले जारी राख्ने बताएको छ । सेवा विस्तार रणनीतिको रूपमा नयाँ शाखाले देशैभरि सबै सेगमेण्टको वित्तीय आवश्यकतालाई पूरा गर्ने प्रयास गर्नुको साथै बैंकको उपस्थितिको आधारलाई मजबुत बनाउने कम्पनीको विश्वास छ ।

बैंकले हाल १७३ शाखा, आठ विस्तारित काउन्टर र १३५ एटीएमको मजबुत सञ्जालका साथै १० हजार ४१६ क्यूआर र ४३४ भन्दा बढी पोस मेसिनमार्फत उच्चस्तरीय बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्