Logo
Logo

नेपाल उद्योग वाणिज्य महासङ्घ निर्वाचन : रामशरण थपलियाद्वारा पुनः मतगणनाको माग, १०० मत घटाइएको दाबी 


0
Shares

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासङ्घको हालै सम्पन्न निर्वाचनमा एसोसिएटतर्फको कार्यकारिणी समिति सदस्यका उम्मेदवार डा. रामशरण थपलियाले पुनः मतगणनाको माग गर्दै निर्वाचन समितिमा निवेदन दिएका छन् ।

The current image has no alternative text. The file name is: anjan-sth.png

गत वैशाख २२ गते सम्पन्न महासङ्घको ६०औँ वार्षिक साधारण सभा तथा निर्वाचनमा आफूले प्राप्त गरेको मतमध्ये १०० मत जानाजानी कम गराई नतिजा घोषणा गरिएको उनको दाबी छ । 

थपलियाका अनुसार, वैशाख २३ गते विभिन्न सञ्चारमाध्यमहरूमा सार्वजनिक भएको विवरणमा उनले कुल ८६७ मत प्राप्त गरेको उल्लेख थियो । तर, निर्वाचन अधिकृतले पछि उनको कुल मत ७६७ मात्र भएको जानकारी दिएका थिए ।

थपलियाले पत्रमा भनेका छन्,  ‘मैले प्राप्त गरेको वास्तविक मतभन्दा १०० मत कम गरी नतिजा घोषणा गरिएपछि मैले निर्वाचन अधिकृतसँग पटक-पटक सम्पर्क गरी कुरा उठाएँ, तर मेरो मागलाई बेवास्ता गर्दै पुनः मतगणना गर्न अस्वीकार गरियो ।’

उनले प्रचलित नेपाल कानुन र संस्था दर्ता ऐन २०३४ को प्रावधान बमोजिम आफ्नो अधिकार रक्षाका लागि पुनः मतगणना हुनुपर्ने माग गरेका हुन् ।  निर्वाचन समितिले भने उनलाई पुनस् मतगणनाका लागि मतपत्र नै नभएको बताएको छ । यसले महासङ्घमा विवाद सुरु भएको छ । 

प्रतिक्रिया दिनुहोस्