Logo
Logo

संसदमा हर्कले मागे प्रधानमन्त्री बालेनको राजीनामा


0
Shares

काठमाडौं । श्रम संस्कृति पार्टीका सांसद हर्क साम्पाङले आफ्नो कर्तव्य पूरा गर्न नसक्ने भए प्रधानमन्त्री बालेन शाहले मार्ग प्रशस्त गुर्नपर्ने माग राखेका छन् । प्रतिनिधि सभाको बिहीबारको बैठक सुरु हुने बित्तिकै आफ्नो स्थानबाट उठेर प्लेकार्ड देखाएपछि सभामुख डोलप्रसाद अर्यालले उनलाई बोल्न समय दिएका थिए ।

सो क्रममा उनले संसद् नियमावलीमा सांसदले उठाएका प्रश्नको जवाफ सम्बन्धित मन्त्रीले ७ दिनभित्र दिनुपर्ने भए पनि वैशाख २८ गते राखेका प्रश्नको जवाफ आफूहरूले अझैसम्म नपाएको बताए ।

गृह र रक्षा मन्त्रालय प्रधानमन्त्री शाहले राखेकाले आफूहरूले उठाएका लिपुलेकको सीमा र सुरक्षासम्बन्धी प्रश्नका जवाफ प्रधानमन्त्रीले स्वयं प्रतिनिधि सभामा आएर दिनुपर्ने उनको भनाइ थियो ।

प्रतिक्रिया दिनुहोस्