Logo
Logo

बविनाको ‘सोह्र वर्षे जवानी’मा को-को पोखिए ? (भिडियोसहित)


378
Shares

काठमाडौं । चर्चित युवा निर्देशिक युगल पोमो निर्देशित नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ । बविना किरातीले गाएको ‘सोह्र वर्षे जवानी’ बोल गीतको भिडियो गीतकार जानु काङबाङ लिम्बूको अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो ।

निर्देशक पोमोले हालसम्म दर्जनौँ म्युजिक भिडियोका साथै केही फिल्मसमेत निर्देशन गरिसकेका छन् । तर, यस पटकको भिडियो फरक रहेको छ । विशेषगरी कल्चरल र लभसङ गीतको भिडियो निर्देशनमा चर्चित पोमोले यस पटक आइटम गीतमा चर्चित कलाकारहरु विना राउत, यसराज गराच र तेन्जु योन्जनको सोह्र वर्षे उमेर उतारेका छन् अर्थात् भिडियोमा यी कलाकारले शसक्त डान्सिङ अभिनय गरेका छन् ।   गायिका बविनाको दम्दार आइटम गीतलाई निर्देशक पोमोले भिडियोलाई धमकेदार बनाएका छन् । 
 
जानु काङबाङको शब्दरचना रहेको यस गीतलाई अमोस तामाङले सङ्गीत संयोजन गरेका हुन् भने सङ्गीत सुमन राईको रहेको छ । मोहनकुमार झिल्लुको छायाँकन रहेको यस भिडियोमा सम्पादन तथा कलरिङ अनिलकुमार महर्जनको रहेको छ ।

प्रतिक्रिया दिनुहोस्