Logo
Logo

कोसी प्रदेश सभामा पूर्वमुख्यमन्त्रीले भाँचे माइक


0
Shares

काठमाडौं । विपक्षी दलका सांसदहरुले आज बसेको कोसी प्रदेशसभा बैठक अवरुद्ध गरेका छन् । सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा संशोधन हाल्ने समय छलेर पारित गरिएको भन्दै उनीहरूले बैठक अवरुद्ध गरेका हुन् ।

सभामुख अम्बरबहादुर विष्टले नीति तथा कार्यक्रममा विपक्षीले संशोधन नै नल्याएको भन्दै जसपा संसदीय दलका नेतालाई विशेष समयमा आफ्नो विचार राख्न समय दिएका थिए । त्यसपछि पूर्वमुख्यमन्त्री राजेन्द्र राई रोस्ट्रमतर्फ उक्लिएर माइक समाएर आफ्नो भनाइ राख्न खोजे ।

तर, मर्यादापालकले घेरेर फेरि रोस्ट्रमभन्दा तल ल्याउन खोज्दा उनले माइक नै भाँचेका छन् । माइक भाँचेपछि सभामुख विष्ट कड्किएका थिए भने सदन सञ्चालन गर्न नदिने भन्दै विपक्षी सांसदले अवरोध गरिरहे ।

प्रतिक्रिया दिनुहोस्