Logo
Logo

करको सीमामा व्यापक हेरफेर, ११ तहको भन्सार दर ७ तहमा सीमित


315
Shares

काठमाडौं । सरकारले विभिन्न ११ तहको भन्सार दर ७ तहमा सीमित गरेको छ । आगामी आर्थिक वर्ष (२०८३/०८४) को बजेट वक्तव्य वाचन गर्दै अर्थमन्त्री अर्थमन्त्री स्वर्णिम वाग्लेले करको सीमामा व्यापक हेरफेर गरिएको जनाएका हुन् ।

उनले कर पारिपालनमा दण्ड नभएर विकासको साझेदार बनाउने नीति सरकारले लिएको बताए । उनले विभिन्न ३६० वस्तुमा लाग्दै आएको अन्तशुल्क खारेज गरिएको घोषणासमेत गरेका छन् ।

मुलुक अहिले बृहत् आर्थिक सुधारको निर्णायक मोडमा रहेको उनले उल्लेख गरे । उनले विद्यमान विभिन्न चुनौतीलाई अवसरमा बदल्ने नै यो बजेटको उद्देश्य रहेको बताए ।

प्रतिक्रिया दिनुहोस्