
काठमाडौं । सरकारले लगानी आकर्षित गर्न तीन महिना भित्र स्वचालिन प्रणाली कार्यान्वयनमा ल्याउने बताएको छ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले बजेट भाषण मार्फत यस्तो घोषणा गरेका हुन् ।
लगानी सम्बन्धी अध्ययन अनुसन्धानका लागि लगानी भिसा उपलब्ध गराउने घोषणा सरकारले गरेको छ ।
सम्पत्ति मूल्यांकन, ऋण भुक्तानी, लाभांश वितरणलगायतका प्रक्रिया सरल बनाई लगानी र मुनाफा फिर्ता सहज बनाइने अर्थमन्त्रीले बताए । उद्योग र औद्योगिक नवप्रवर्तनमा सरकार दत्तचित्त रहने उनको भनाई छ ।














