Logo
Logo

कम्युनिस्टहरूसँग काँध मिलाएर हिँड्दा कांग्रेसले आफ्नै चाल बिर्सियो : भीष्मराज आङ्देम्बे


0
Shares

काठमाडौं । नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले कम्युनिस्टहरूसँग काँध मिलाएर हिँड्दा पार्टीले आफ्नै चाल बिर्सिएको टिप्पणी गरेका छन् । 

The current image has no alternative text. The file name is: vismaraj.jpg

शनिवार पार्टी केन्द्रीय कार्यालय सानेपामा नेपाल थारु संघको प्रथम महाधिवेशन उद्घाटन गर्दै आङ्देम्बेले भने, “सत्ता प्राप्तिको यात्रामा कहिले एमालेको चालमा ढल्कियौं, कहिले माओवादीको चालमा मिसियौं । यी दुवैको प्रभावमा परेर हामीले आफ्नो मौलिक चाल बिर्स्यौं ।” उनले भ्रातृ सङ्गठनहरूको अधिवेशन पार्टीले आफ्नो चाल पुनः खोज्ने प्रयास भएको बताए ।

“यो अधिवेशन आफ्नो चालमा फर्किने संस्थागत प्रयास हो,” उनले भने, “यो नेपाली कांग्रेसको संकल्पको शंखघोष पनि हो ।” आङ्देम्बेले कांग्रेसले हिमाल, पहाड र तराई-मधेशका सबै नेपालीलाई एकताको सूत्रमा बाँध्ने बताए । टोपीदेखि धोती, बख्खुदेखि कछाडसम्म, भाषा, भेषभूषा, संस्कृति र भूगोलको विविधताबीच राष्ट्रिय एकता, सद्भाव र सहकार्यलाई बलियो बनाउने उनको भनाइ छ ।

लोकतान्त्रिक मूल्य र मान्यतामा संसद्को गरिमा सङ्ख्याले मात्र नहुने उल्लेख गर्दै उनले भने, “सङ्ख्याको भरमा नाङ्गो नाच नाच्नेहरूलाई सङ्ख्या ठूलो कुरा होइन । मुद्दा र मर्यादा स्थापित गर्दै संसद्लाई सम्मानित बनाउने छौँ ।”

प्रतिक्रिया दिनुहोस्