Logo
Logo

संविधान समाप्त पार्ने प्रयास भइरहेको छ : काँग्रेस महामन्त्री पौडेल


0
Shares

काठमाडौं । नेपाली काँग्रेसका महामन्त्री प्रदीप पौडेलले संविधानका उपलब्धिहरूको रक्षा गर्न पार्टी सुदृढ बनाउनुपर्ने बताएका छन् । महामन्त्री पौडेलले मुलुक फेरि एकात्मक राज्य प्रणालीतर्फ फर्कने र संसदीय व्यवस्थालाई कमजोर बनाउने प्रयास भइरहेको बताए ।

The current image has no alternative text. The file name is: pradeep-paudel.jpg

उनले संविधानको कार्यान्वयनमा सबैको एकताबद्ध प्रयास आवश्यक रहेको बताउँदै, उपलब्धिहरू गुमेमा देश पछाडि फर्कने खतरा रहेको बताएका हुन् ।

“विगतमा हाम्रै नेतृत्वले पनि संविधानको मर्मअनुसार काम गर्न सकेनौँ,” भन्दै पौडेलले अहिले भने संविधान नै समाप्त पार्ने गतिविधि भइरहेको दाबी गरे । काँग्रेसकै नेतृत्वमा संविधान जारी भएको उल्लेख गर्दै उनले समावेशिता, लोकतन्त्र र सबै समुदायको अस्तित्वलाई सम्मान गर्ने शक्तिका रूपमा काँग्रेसलाई थप मजबुत बनाउनुपर्ने तर्क गरे ।

पार्टीलाई सबै समुदायलाई जोडेर अझ सङ्गठित र प्रभावकारी बनाउनुपर्नेमा जोड दिँदै महामन्त्री पौडेलले लोकतन्त्रको रक्षा र मौलिकताको जगेर्नाका लागि काँग्रेस शक्तिशाली हुन आवश्यक रहेको बताए ।

प्रतिक्रिया दिनुहोस्