Logo
Logo

हिमालयन बैङ्कको युनियन पे आरएमबी कार्डबाट चिनियाँ मुद्रामै भुक्तानी गर्न मिल्ने


252
Shares

काठमाडौं । हिमालयन बैङ्क लिमिटेडले चीनको प्रसिद्ध कार्ड ब्राण्ड युनियन पेसँगको सहकार्यमा ‘युनियन पे आरएमबी कार्ड’ सञ्चालनमा ल्याएको छ ।

बैङ्कका प्रमुख कार्यकारी अधिकृत अशोक शम्शेर राणा र युनियन पे इन्टरनेसनलका उपाध्यक्ष ज्वाङ बेइले उक्त कार्ड सेवाको शुभारम्भ गरेका हुन् ।

बैंकले नेपाली ग्राहकहरूका लागि चीन भ्रमणलाई सहज तथा सुलभ बनाउनका लागि नेपालमै पहिलो पटक उक्त कार्ड सेवाको सुचारु गरेको जनाएको छ । 

कार्डको प्रयोगबाट ग्राहक तथा सेवाग्राहीले चीन भ्रमण गर्दा त्यहाँका एटीएम, पीओएस, क्यूआर कोड एवं इकमर्श प्लेटफर्म मार्फत हुने कारोबारको चिनियाँ मुद्रा (सीएनवाइ)मै सहज भुक्तानी गर्न पाउने छन् । 

अब चीन भ्रमणमा जाने विद्यार्थी, व्यवसायी, पर्यटकले नेपाल राष्ट्र बैंकले तोकेको सीमासम्मको रकम युनियन पे आरएमबी कार्डमा लोड गर्न सक्नेछन् ।

सोही कार्ड मार्फत चीनमा युनियन पेको सञ्जालमा आबद्ध अलि पे, वीच्याट पे, निहाओ चाइना जस्ता क्यूआर र अन्य माध्यमा समेत सीएनवाइमै भुक्तानी गर्न सक्नेछन् ।

प्रतिक्रिया दिनुहोस्