काठमाडौं । डडेल्धुराको परशुराम नगरपालिका-५ बाट सशस्त्र प्रहरीका एक जवानसहित दुई जना बेपत्ता भएका छन् ।

जिल्ला प्रहरी कार्यालय डडेल्धुराका अनुसार बेपत्ता हुनेमा परिगाउँस्थित सशस्त्र प्रहरी बलको बोर्डर आउट पोस्ट ९बिओपी०मा कार्यरत प्रहरी जवान ओमप्रकाश पुन मगर र स्थानीय ५६ वर्षीय तीर्थबहादुर थापा मगर रहेका छन् ।
डीएसपी बरुणबहादुर सिंहका अनुसार शुक्रवारदेखि सम्पर्कविहीन भएका दुवै जना मामाभान्जा हुन् । महाकाली नदी किनारमा उनीहरूले प्रयोग गरेको ट्युब फेला परेकाले नदीमा बगेको हुन सक्ने आशङ्का गरिएको छ ।














