Logo
Logo

रास्वपाले बोलायो भर्चुअल सचिवालय बैठक


315
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सचिवालय बैठक बोलाएको छ । बैठक आजै साँझ ८ बजे बस्ने तय भएको महामन्त्री कविन्द्र बुर्लाकोटीले जानकारी दिए ।

The current image has no alternative text. The file name is: raswopa-raswapa-office.jpg

बैठक भर्चुअल माध्यमबाट बस्ने पनि उनले बताएका छन् । उनका अनुसार, बैठकमा समसामयिक राजनीति र पार्टी गतिविधि, अनुशासन आयोग, निर्वाचन आयोग र विभागहरूको मनोनयन, अनुशासनात्मक कारबाही लगायतका कार्यसूचीमा छलफल हुने महामन्त्री बुर्लाकोटीले बताए ।

त्यस्तै, प्रदेश अधिवेशन कार्यविधि, महाधिवेशन मूल आयोजक समिति अन्तर्गतका उपसमिति, महाधिवेशन निर्वाचन कार्यविधि, विधान संशोधन, संघीय सांसदहरूको पार्टी जिम्मेवारी लगायतका विषयमा पनि छलफल हुने बताए ।

त्यस्तै, जिल्ला अधिवेशन कार्यविधिमा संशोधन, प्रदेश, जिल्ला र पालिका समितिको अधिवेशनमा २५% बढी मत प्राप्त गर्ने पदाधिकारीका उम्मेदवार एक तहमाथिको अधिवेशनमा प्रतिनिधि हुने, सम्बन्धित तहको अधिवेशनमा उम्मेदवार नभई एक तहमाथिको अधिवेशनमा प्रतिनिधि हुने लगायतबारे छलफल तय भएको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्