Logo
Logo

आजको मुख्य २० समाचारः प्रधानमन्त्रीको अभिव्यक्तिले तनावदेखि कङ्गोको इबोला भाइरससम्म- भिडियो


0
Shares

१. संसद्मा सम्बोधन गरेको पहिलो दिनमै प्रधानमन्त्री बालेन शाहले दिए विवादास्पद अभिव्यक्ति, नेपालले पनि भारतको जग्गा मिचेको अभिव्यक्ति दिएपछि आलोचना सुरु । 

२.  नेपालले भारतको जमिन मिचेको भन्ने प्रधानमन्त्रीको अभिव्यक्तिमा कांग्रेस प्रमुख सचेतक वासना थापाले खोजिन प्रष्टता, प्रधानमन्त्रीको अभिव्यक्ति सत्य भए तथ्य सार्वजनिक गर्न र असत्य भए संसद्को रेकर्डबाट हटाउन माग ।

३. आफू नेतृत्वको सरकारको ध्यान मुलुकमा पैसा बढाउनेतर्फ केन्द्रित प्रधानमन्त्री बालेन शाहको भनाइ, देशमा उत्पादित सामग्री विभिन्न राष्ट्रमा निर्यात गर्नका लागि दुई वर्षे रणनीति लिएको दाबी ।

४. सुकुमवासीको समस्या समाधान र उचित व्यवस्थापन गर्ने प्रधानमन्त्री बालेन शाहको प्रतिबद्धता, ३५ वर्षमा नभएको काम ३५ मिनेटमै नखोज्न आग्रह ।

५. विभिन्न कालखण्डमा भएका आन्दोलनका प्रतिवेदनहरू सरकारले एकमुष्ट रूपमा अध्ययन गर्ने प्रधानमन्त्री बालेन शाहको घोषणा, निष्कर्ष र सिफारिसका आधारमा सरकारद्वारा आवश्यक कारबाही अघि बढाइने भनाइ  ।

६. विवादास्पद अभिव्यक्ति दिएपछि नेकपा नेता भीम रावलले मागे प्रधानमन्त्री बालेनको राजीनामा, बालेनलाई एकछिन पनि पदमा बसिरहने नैतिक अधिकार नभएको टिप्पणी । 

७. प्रतिनिधिसभा नियमावलीमा रहेको प्रधानमन्त्रीसँगको प्रत्यक्ष प्रश्नोत्तरसम्बन्धी प्रावधानको संसद् बैठकमै सभामुखले गरे गलत व्याख्या, सभामुखको गलत व्याख्या संसदीय रेकर्डबाट हटाउन एमालेको माग । 

८. प्रतिनिधिसभा नियमावली मस्यौदाको प्रस्तावनाको ‘बाधा अड्काउ फुकाऊ’ व्यवस्था हटाउन माग, फौजदारी अभियोग लागेका सांसदहरूको पद स्वतः निलम्बन हुने व्यवस्था नियमावलीमा राख्न नेकपाको प्रस्ताव । 

९. आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट सानो आकारको रहेको र महत्त्वाकाङ्क्षी नभएको अर्थमन्त्री डा. स्वर्णिम वाग्लेको दाबी, बजेटलाई कुल गार्हस्थ्य उत्पादन अनुपातसँग तुलना गरेर हेर्नुपर्ने उल्लेख ।

१०. हालै सार्वजनिक बजेट नेपाली माटो सुहाउँदो नभएको श्रम संस्कृति पार्टीका वरिष्ठ नेता सुदन किरातीको भनाइ, विद्युत महसुल वृद्धि, शिक्षा र स्वास्थ्यमा कर तथा विद्युतीय सवारीमा कर बढाउने नीतिप्रति आपत्ति । 

११. निजी विद्यालय शुल्कमा तीन प्रतिशत योगदान ‘प्रगतिशील कर’ भएको अर्थमन्त्रीको दाबी,  विकट जिल्लाका दलित बालबालिकाको पोषण सुधारका लागि ‘समता कोष’मा प्रयोग हुने भनाइ ।

१२. निजी शिक्षण संस्थाहरूले लिने शुल्कमा तीन प्रतिशत कर लगाउँदा निजी विद्यालयका सञ्चालक र अभिभावकहरू मारमा, तीन प्रतिशत शिक्षा समता शुल्क खारेज गर्न माग ।

१३. राप्रपा नेता धवलशमशेर राणाद्वारा नयाँ राष्ट्रवादी अभियानको घोषणा, युवा र राष्ट्रवादी शक्तिलाई अभियानमा सहभागी हुन आह्वान, पार्टी गतिविधि असफल भएको स्वीकार ।

१४. विदेशी मुद्राको सञ्चिति सदुपयोग गर्न सोभरेन वेल्थ फन्ड स्थापना गर्न खोजिएको गभर्नर डा. विश्वनाथ पौडेलको भनाइ, १८ महिनाभन्दा बढीको आयात धान्ने विदेशी मुद्रा रहे पनि त्यसको प्रतिफल करिब ४ प्रतिशत मात्रै रहेको उल्लेख ।

१५. ५० युनिटभन्दा बढी बिजुली खपतमा भ्याटको मार, सरकारको नयाँ व्यवस्थाले उपभोक्ता खर्च बढ्ने, विद्युत् खपत विस्तार प्रभावित हुने चिन्ता ।

१६. काठमाडौँको नयाँ बसपार्कबाट पूर्व चल्ने ८१ वटा सार्वजनिक सवारीसाधनमा जिपिएस प्रणाली र सिसी क्यामरा जडान, अनलाइन टिकट प्रणाली समेत लागू ।

१७. मधेश प्रदेशमा डीजे आतंक र ध्वनि प्रदूषण नियन्त्रण गर्ने सरकारको निर्णय, सुरक्षा निकायको समन्वयमा सार्वजनिक स्थलका डीजे उपकरणमा कडाइ गर्न सबै स्थानीय तहलाई निर्देशन ।

१८. नेपालको हिमाली पर्यटन र पर्वतारोहणमा अमेरिकी प्रविधि महत्त्वपूर्ण सारथि बन्न सक्ने अमेरिकी उपविदेशमन्त्री रोजर्सको भनाइ, ‘द एसेन्ट समिट’मा द्विपक्षीय सहकार्य र प्रविधि उपयोग विस्तारमा जोड ।

१९. चीनलाई हराउँदै नेपाली क्रिकेट टोलीले एशियाली खेलकुद छनोटमा विजयी शुरुआत, नेपाली महिला क्रिकेट टोली भने छनोट हुन असफल ।

२०. र, कङ्गोमा फैलिएको इबोला निकै चिन्ताजनक रहेको एमएसएफको चेतावनी, १ हजारभन्दा बढी शंकास्पद संक्रमित, २४६ को मृत्यु, डब्ल्यूएचओद्वारा नियन्त्रण प्रयास तीव्र ।

प्रतिक्रिया दिनुहोस्