
काठमाडौं । प्रधानमन्त्री बालेन बालेनले आइतबार प्रतिनिधिभाको बैठकमा ‘नेपालले पनि भारतको जग्गा मिचेको छ’ भनेपछि चौतर्फी आलोचना भइरहेको छ ।
यसै क्रममा पूर्वमन्त्रीसमेत रहेका नेकपा एमालेका नेता गोकुल बास्कोटाले पनि प्रधानमन्त्री शाहको कडा विरोध गरेका छन् ।एमाले केन्द्रीय सदस्य बास्कोटाले सामाजिक सञ्जालमार्फत प्रधानमन्त्री शाहलाई युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीसँग तुलना गरेका छन् ।
‘लुसिफर मिथक हो । कुडभिन कुइस्लिङ सत्य हो । र, त्यो कोही नबनोस् । नेपाल–भारतबिच सीमा विवाद छन् । तिनको समाधानको आधार ऐतिहासिक दशी–प्रमाण हुन् । समाधानको बाटो कूटनीति नै हो,’ उनले भनेका छन्, ‘निष्कर्ष तथ्य स्वीकार्ने साहस हो । तेस्रो पक्षको संलग्नताको माग हो भने त्यो प्रकारान्तरमा देश मेट्ने नवजेलेन्स्की पथ नै हो ।’














