Logo
Logo

गगनले भने- राष्ट्रिय स्वाभिमानमा चोट पुग्यो, प्रधानमन्त्रीले सदनबाटै माफी माग्नुपर्छ


0
Shares

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले प्रधानमन्त्री बालेन्द्र शाहले संसदबाटै मार्फी माग्नुपर्ने बताएका छन् ।

कांग्रेसको जरा अभियानको लुम्बिनी प्रदेशस्तरीय कार्यक्रमलाई रुपन्देहीमा सम्बोधन गर्दै उनले ‘नेपालले भारतको सीमा मिचेको छ’ भनेर प्रधानमन्त्रीले संसदबाट बोल्नु राष्ट्रिय लज्जाको विषय भएको बताए । सभापति थापाले प्रधानमन्त्रीको अभिव्यक्तिले देशको अखण्डतालाई खण्डित गरेको भन्दै संसदबाटै माफी माग्न आग्रह गरे ।

उनले भने, ‘प्रधानमन्त्रीको भनाइले जनता र प्रधानमन्त्री बनाउने मतदातालाई लज्जित गराउने अनैतिक र अराजनीतिक कदमको कांग्रेसले विरोध गर्छ । संसदको रोस्टममा मैले नजानेर गल्ती बोले भनेर माफी माग्नुस् । त्यसमा कांग्रेसले कुनै अवरोध गर्ने छैन ।’

प्रधानमन्त्रीले नबुझेर बोलेको भए चिन्ताजनक र जानीजानी बोलेको भए खतरनाक रहेको उनको भनाइ छ । संविधान, कानुन र राष्ट्रभन्दा माथि कोही नभएको सभापतिको धारणा छ ।

प्रतिक्रिया दिनुहोस्