
काठमाडौं । सभामुख डोलप्रसाद अर्यालले संवादका लागि विपक्षी दलहरुले समय नदिएको गुनासो गरेका छन् ।
प्रधानमन्त्री वालेन शाहको भनाइलाई लिएर सोमबार पनि प्रतिनिधि सभाको बैठकमा विपक्षी दलले विरोध जनाएपछि सभामुखले यस विषयमा संवाद गर्न खोज्दा विपक्षी दलका सांसदले समय नदिएको बताएका हुन् ।
सभामुख अर्यालले संसद् बैठकमा भने, ‘हिजो पनि माननीय सदस्यहरूले समय दिनु भएन । आज पनि कार्य व्यवस्था परामर्श समितिको बैठकमा बोलाएको थिए, समय दिनु भएन ।’
संवादका लागि समय नदिएपछि प्रक्रिया अघि बढाएको उनको भनाइ थियो । ‘मैले न प्रक्रिया मिचेको छु, न त कसैलाई पेलेको छु,’ उनले भने।














