Logo
Logo

मधेश र कोशी प्रदेशको तराई क्षेत्रमा तातो दिन हुने सम्भावना


0
Shares

काठमाडौं । आज मधेश  प्रदेश र  कोशी प्रदेशको तराई क्षेत्रमा तातो दिन हुने सम्भावना रहेको छ । यस्तै, देशका विभिन्न भूभागको मौसम सामान्यतया बदली रहने छ ।   

The current image has no alternative text. The file name is: hot-day.jpg

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो देशको हिमाली र पहाडी भू-भागमा साधारणतया बादल लाग्नेछ भने तराई भू-भागमा आंशिक बादल लाग्नेछ । 

यसैगरी, देशको हिमाली र पहाडी भू-भागका थोरै स्थानमा तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भू-भागका एक/दुई स्थानमा मेघगर्जन/चट्याङ्गसहित मध्यमसम्मको वर्षारहिमपातको सम्भावना रहेको छ । 

आज राति देशको हिमाली भू-भागमा साधारणतया, पहाडी भू-भागमा आंशिक बादल लाग्ने र तराई भू-भागमा मुख्यतया सफा रहने महाशाखाले जनाएको छ ।  

यसैगरी कोशी, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली र पहाडी भू-भागलगायत बागमती, गण्डकी र लुम्बिनी प्रदेशको हिमाली भू-भागका एक/दुई स्थानमा हल्का वर्षा/हिमपातको सम्भावना रहेको छ । 

प्रतिक्रिया दिनुहोस्