Logo
Logo

प्रधानमन्त्रीले संसदबाट माफी नमागेसम्म संसद चल्न दिँदैनौँः सांसद परियार


378
Shares

काठमाडौं । नेपाली काँग्रेसको राष्ट्रिय सभाका सचेतक पदमबहादुर परियारले प्रधानमन्त्री बालेन शाहले नेपालले पनि भारतको धेरै ठाउँ मिचेको छ भनि दिएको अभिव्यक्तिबारे माफी नमागेसम्म संसद बैठक चल्न नदिने चेतावनी दिएका छन् ।

मंगलवार राष्ट्रिय सभा बैठक सूरु हुनासाथ उनले प्रधानमन्त्री बालेनको उक्त अभिव्यक्ति आपत्तिजनक रहेकाले उनले संसदमा आएर माफी नमागेसम्म बैठक चल्न नदिने प्रष्ट्याएका हुन् । प्रमुख सचेतक परियारले प्रधानमन्त्री शाहमा कुटनीति र राजनीति सम्बन्धि सामान्य ज्ञान समेत नभएको कुरा पनि छताछुल्ल भएको जिकिर गरे ।

उनले प्रधानमन्त्रीको उक्त अभिव्यक्ति काँग्रेसका लागि कुनै पनि हालतमा स्वीकार्य नहुने अडान दोहो¥याए । उनले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले भारत भ्रमणको क्रममा दुई मुलुकबीचको बहुआयामिक सम्बन्धको महत्वलाई अनुशरण गर्न नसकेको भन्दै आक्रोश समेत व्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस्