१. प्रधानमन्त्रीको सीमासम्बन्धी अभिव्यक्तिले नेपालको पक्ष बलियो बनाएको रास्वपा महामन्त्री कवीन्द्र बुर्लाकोटीको दाबी, दशगजा क्षेत्रमा दुवैतर्फको भूउपयोगले सीमा विषयमा संवादको आधार थपिएको टिप्पणी ।
२. प्रधानमन्त्री बालेनको अभिव्यक्तिमा नयाँ दिल्लीले दियो प्रतिक्रिया, भारतले नेपाल–भारतबीचको द्विपक्षीय विषयमा तेस्रो पक्षको संलग्नतालाई अस्वीकार ।
३. सीमा विवादबारे प्रधानमन्त्री बालेन शाह सदनमा जवाफ दिन तयार रहेको सरकारका प्रवक्ता सस्मित पोखरेलको भनाइ, नेपाल–भारत सीमा समस्या कूटनीतिक माध्यमबाट समाधान हुने स्पष्टता ।
४. विपक्षीको नाराबाजी र अवरोधपछि प्रतिनिधिसभा बैठक २५ जेठसम्म स्थगित, प्रधानमन्त्रीको सीमा विवाद अभिव्यक्तिको तथ्य माग गर्दै विरोध चर्केपछि बैठक स्थगित ।
५. नेपालले भारतको कहाँ र कति भूमि मिचेको हो भन्ने विषय प्रधानमन्त्रीले स्पष्ट पार्नुपर्ने श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज साम्पाङको भनाइ, राष्ट्रियताभन्दा ठूलो बजेटको छलफल नभएको टिप्पणी ।
६. भारत भ्रमणमा रहेका रवि लामिछानेले भारतीय विदेश मन्त्री एस जयशंकरसँग गरे भेटवार्ता, नेपाल–भारत विकास साझेदारी र जनस्तरको सम्बन्ध सुदृढीकरणबारे केन्द्रित छलफल ।
७. रास्वपा सांसदलाई प्रधानमन्त्रीको अभिव्यक्तिको बचाउ नगर्न राप्रपा सांसद खुश्बु ओलीको आग्रह, हिजोसम्म एक इन्च भूमि नछोड्नेहरू आज बचाउमा प्रमाण खोज्दै हिँडेको टिप्पणी ।
८. सुधन गुरुङबारे छानबिन समितिले माग्यो थप पाँच दिन समय, प्रतिवेदन लेखन जारी रहेको भन्दै सरकारलाई पत्र, सेयर खरिद प्रकरणको अनुसन्धान अन्तिम चरणमा ।
९.काँग्रेस लुम्बिनी परामर्श कार्यशालाद्वारा २८ बुँदे ‘लुम्बिनी सङ्कल्प’ पारित, प्रधानमन्त्रीको अभिव्यक्तिमा माफी माग्न माग, सुस्ता बाँध निर्माण अवरोध हटाउन र सुकुम्वासी समस्या समाधानको प्रतिबद्धता ।
१०. रास्वपा निर्वाचन आयोगद्वारा बागमती र मधेशका विभिन्न पालिका अधिवेशन स्थगित गर्न निर्देशन, विवाद समाधानपछि मात्र पुनः अधिवेशन प्रक्रिया अघि बढ्ने स्पष्टता, सबै प्रक्रिया तत्काल रोकिएको घोषणा ।
११. आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा गोरखकाली रबर उद्योग र भृकुटी कागज कारखाना सञ्चालन गर्ने गण्डकी सरकारको घोषणा, सञ्चालनका लागि नेपाल सरकारसँग समन्वय गरिने ।
१२. ई–पासपोर्ट खरिद र छपाइ ठेक्कामा भेरिएसनमार्फत राज्यलाई अर्बौंको अतिरिक्त भार परेको आरोप, बिचौलिया समूहले प्रतिस्पर्धा छल्दै महँगो सम्झौता गरेको र प्रतिपासपोर्ट करिब ४ डलर नोक्सानी भएको दाबी ।
१३. दरबार हत्याकाण्डको २५ वर्ष पूरा, तत्कालीन राजा वीरेन्द्र शाहसहित राजपरिवारको निधनको स्मृति दिवस मनाइयो, घटना अझै रहस्यकै गर्वमा ।
१४. प्रधानन्यायाधीश डा. मनोज शर्माद्वारा उच्च र जिल्ला अदालतलाई २१ बुँदे निर्देशन, स्वच्छ, निष्पक्ष र प्रभावकारी न्याय सम्पादनमा इमानदारीपूर्वक लाग्न आग्रह ।
१५. कांग्रेसले छाया मन्त्रिपरिषद् नबनाएको काँग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेको स्पष्टोक्ति, विषयगत समिति संयोजक मात्र तोकिएको दाबी ।
१६. नागरिकतासम्बन्धी कसुरमा वीरगञ्ज महानगरका मेयर राजेशमान सिंह पक्राउ, २०७५ सालमा नक्कली बाबु बनेर एक युवतीलाई नागरिकता बनाइदिएको आरोप ।
१७. निजी अस्पताललाई आकस्मिक उपचार आवश्यक पर्ने बिरामीलाई मात्र स्वास्थ्य बिमाको सुविधा दिन सकिने बिमा बोर्डको भनाइ, सामान्य बिरामीलाई आकस्मिक सेवा दिए बिमा बापतको दाबी भुक्तानी नपाइने ।
१८. भूमि समस्या समाधान समितिको अध्यक्षमा बलभद्र बास्तोला नियुक्त, सदस्यमा अमिरप्रसाद न्यौपाने (काठमाडौँ), पद्मिनी सोती (लमजुङ) र डा. रेहना श्रेष्ठ (काठमाडौँ) नियुक्त गर्ने निर्णय ।
१९. राप्रपा परित्याग गरेका नेता धवलशमशेर राणा र दुर्गा प्रसाईंबीच नयाँ पार्टी बनाउने विषयमा छलफल, भेटमा दुई नेताबीच मिलेर जाने विषयमा सहमति जुटेको स्रोतले दाबी ।
२०. र, केन्यामा अमेरिकी सहयोगमा स्थापना गर्न लागिएको इबोला क्वारेन्टिन केन्द्रविरुद्ध प्रदर्शन, उच्च अदालतले रोक लगाए पनि निर्माण तयारी जारी रहेको आशङ्कामा स्थानीय बासिन्दा सडकमा ।














