Logo
Logo

रास्वपाले ७७ वटै जिल्लामा निर्वाचन समिति गठन, अधिवेशन तयारी तीव्र


0
Shares

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले ७७ वटै जिल्लामा अधिवेशन सञ्चालनका लागि तीन सदस्यीय निर्वाचन समिति गठन गरेको छ ।

The current image has no alternative text. The file name is: raswopa-raswapa-party-office.jpg

केन्द्रीय निर्वाचन आयोगका प्रमुख भुवन केसीका अनुसार सबै जिल्लामा निर्वाचन समिति गठन भइसकेको छ र अधिवेशन सम्पन्न गरी महाधिवेशनको कार्यतालिका अनुसार प्रक्रिया अघि बढाइँदैछ ।

उनका अनुसार केही स्थानमा उजुरी परेकाले बागमती र मधेस प्रदेशका केही पालिकामा अधिवेशन स्थगित गरिएको छ भने कतिपय ठाउँमा पुनः निर्वाचन गर्न निर्देशन दिइएको छ ।

रास्वपाको विधानअनुसार जिल्ला समितिमा एक सभापति, एक उपसभापति, एक सचिव, एक सहसचिव तथा समावेशी पाँच सदस्य रहने व्यवस्था छ। प्रत्येक निर्वाचन क्षेत्रबाट प्रतिनिधित्व हुने संरचना अनुसार जिल्ला समिति गठन हुने व्यवस्था छ।

सभापतिले निर्वाचित समितिबाट एक कोषाध्यक्ष मनोनीत गर्ने प्रावधान छ भने आवश्यकताअनुसार दुई वा तीन सदस्य थपेर समिति पूर्ण बनाइने व्यवस्था रहेको छ।

यसअघि जेठ २६ गतेदेखि हुने प्रदेश अधिवेशनका लागि कर्णाली र सुदूरपश्चिमबाहेक अन्य प्रदेशमा निर्वाचन आयोगका सदस्यलाई समन्वय र सहजीकरणको जिम्मेवारी दिइएको थियो ।

रास्वपाको प्रथम महाधिवेशन आगामी असार ७, ८ र ९ गते चितवनमा हुने तय गरिएको छ।

प्रतिक्रिया दिनुहोस्