Logo
Logo

आजको २० मुख्य समाचारः गृहमन्त्रालयमा फेरि सुधन नै फर्केन चर्चादेखि मन्त्रीविरुद्ध नाराबाजीसम्म- भिडियो


0
Shares

१. नेपाल-भारत सीमा विवाद मध्यस्थताबाट होइन कूटनीतिक माध्यमबाट समाधान गर्ने परराष्ट्रमन्त्री शिशिर खनालको स्पष्टोक्ति, लिपुलेक–कालापानी दाबी दुवै देशलाई कूटनीतिक नोटमार्फत जानकारी गराइसकेको भनाइ । 

२. सरकारले प्रधानमन्त्रीको निर्देशन अनुसार शासकीय सुधारका सय वटा कार्यसूचीमा केन्द्रित भएर काम गरिरहेको स्वास्थ्यमन्त्री निशा मेहताको भनाइ, हरेक १५ दिनमा प्रगति सार्वजनिक गर्ने घोषणा ।

३. सम्पत्ति छानबिनबाट सफाइ पाएर पुनः गृहमन्त्रालयको जिम्मेवारी सम्हाल्ने आशामा पूर्वगृहमन्त्री सुधन गुरुङ, गृहमन्त्री बनेपछि बधाई दिने र मन्त्रालय धाउने काम नगरी काम गर्ने वातावरण दिन आग्रह ।

४. विकास, समृद्धि र सुशासनका लागि सरकारले निरन्तर काम गरिरहेको रास्वपा महामन्त्री कवीन्द्र बुर्लाकोटीको दाबी, सबै राजनीतिक दलसँग सहकार्य गरेर परिणाममुखी विकासमा अघि बढ्ने प्रतिबद्धता ।

५. उच्चस्तरीय संसदीय टोलीद्वारा कैलालीको टीकापुर पार्कको अवलोकन भ्रमण, सभामुख डीपी अर्याल नेतृत्वको टोलीले पार्कको वस्तुस्थिति र विकास सम्भावना बारे लिए जानकारी ।

६. जनताको ठूलो भरोसा जोडिएका कारण पार्टीलाई असफल हुने छुट नभएको रास्वपा सांसद श्रीराम न्यौपानेको टिप्पणी, रास्वपामा प्रवेश गरेकाहरूलाई पुरानो कार्यशैली त्याग्न आग्रह ।

७. सुदूरपश्चिममा एमालेले मन्त्री फेर्ने, मुख्यमन्त्री बाहेक सबै मन्त्री फेर्ने भएपछि एमालेले उपनेता सन्तोष शर्मा, प्रमुख सचेतक चक्र मल्ल, दमन भण्डारी र जानकी ऐर बमलाई सरकारमा पठाउने निर्णय ।

८. आन्तरिक विवादका कारण रास्वपा महोत्तरी जिल्ला अधिवेशन अनिश्चितकालका लागि स्थगित, जलेश्वरमा सुरु भएको अधिवेशन दोस्रो दिनसम्म सहमति नजुटेपछि प्रक्रिया रोकियो ।

९. १५ वर्षदेखि अलपत्र कमला पुल निरीक्षण गर्न पुगेका मन्त्री लम्सालविरुद्ध स्थानीयको नाराबाजी, दीर्घकालीन अलपत्र आयोजनाप्रति जनस्तरमा असन्तुष्टि, निर्माण पूरा गर्न दबाब ।

१०. प्रमुख प्रतिपक्षी दल कांग्रेसले सरकारका कामकारबाहीमाथि प्रभावकारी निगरानी बढाउने, मन्त्रालयगत गतिविधिको अध्ययन र विश्लेषण गर्ने तथा संसदमा प्रभावकारी ढंगले विषय उठाउने विषयमा छलफल ।

११. स्वास्थ्य बीमा सुधारका लागि ऐन संशोधन आवश्यक रहेको सचिव विकास देवकोटाको भनाइ, स्वास्थ्य बीमा क्षेत्रमा देखिएका गुनासो र बजेट वृद्धि सरकारको प्राथमिकतामा ।

१२. सातामा दुई दिनको सार्वजनिक बिदा कटौती गर्ने कोसी सरकारको तयारी, ६ कार्य दिन कायम गर्ने विषयमा सरोकारवालासँग मुख्यमन्त्री हिक्मत कुमार कार्कीले मागे सुझाव ।

१३. पोखराको सूर्यदर्शन सहकारी ठगी मुद्दामा महेन्द्र भोटे धरौटीमा छुटे, १७ करोड बिगो तिर्ने सहमति सहित ५ लाख रुपैयाँ बुझाएर रिहा ।

१४. धुर्मुस–सुन्तली फाउन्डेसनको रंगशाला निर्माण विवाद टुंगोमा नपुगेपछि सिताराम कट्टेल स्वदेश फर्किए, करिब १८ करोड बक्यौता अझै बाँकी, ऋणभार समाधानका लागि बालेन सरकारसँग अन्तिम आशा रहेको संकेत ।

१५. ईभी पूर्वाधार विस्तारमा सरकारले १० हजार चार्जिङ स्टेसन निर्माण गर्ने योजना, सन् २०३० सम्म ९०% निजी ईभी र २०४५ सम्म नेट शून्य उत्सर्जनको लक्ष्य ।

१६. नेपालको रैथाने चरा काँडे भ्याकुर पहिलो पटक मधेस प्रदेशको बारामा फेला, बारामा काँडे भ्याकुर भेटिएसँगै नेपालका सातै प्रदेशमा यसको भौगोलिक फैलावट रहेको पुष्टि । 

१७. तारकेश्वरमा श्रीमतीको हत्या प्रकरणमा ‘नेपाली ब्रो’ कुमार थापा मगरसहित चार जना पक्राउ, काठमाडौँ जिल्ला अदालतबाट ५ दिनको म्याद थप गरी अनुसन्धान जारी ।

१८. विश्वकप लक्षित अनलाइन जुवा र बेटिङबाट सावधान रहन प्रहरीको अपिल, साइबर ठगी र बैंकिङ दुरुपयोगबाट बच्न र विश्वकपलाई मनोरञ्जनका रूपमा मात्र लिन आग्रह । 

१९. एशियाली खेलकुद छनोट क्रिकेटको उपाधिका लागि फाइनलमा नेपाल–हङकङ भिडन्त हुने, मलेसियामाथि ६ विकेटको जितसहित हङकङ फाइनल प्रवेश ।

२०. र, अमेरिका र इजरायलले इरानविरुद्ध युद्ध सुरु गरेको सय दिन पुरा, ट्रम्पले केही हप्तामै युद्ध अन्त्य हुने दाबी गरे पनि वार्ताहरू निष्फल भएपछि अस्थायी युद्धविराम गरी थालिएको वार्ताले पनि नतिजा निकाल्न सकेन ।

प्रतिक्रिया दिनुहोस्