Logo
Logo

सबैथोक गुम्दा पनि गुमेन ओलीको अहङ्कार, सुध्रिन अझै अस्वीकार (भिडियो)


630
Shares

काठमाडौं । राजनीतिमा अहङ्कार र शक्तिको उन्माद कति महँगो पर्न सक्छ भन्ने कुराको ज्वलन्त र पछिल्लो उदाहरण बनेका छन्– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली । जेन–जीको न्यायोचित आन्दोलनमाथिको निर्मम राज्य–दमन, चौतर्फी कानुनी फन्दा र ऐतिहासिक चुनावी पराजयले यतिबेला ओलीलाई इतिहासकै सबैभन्दा कमजोर, लाचार र रक्षात्मक मोडमा पु¥याएको छ । एकातिर कानुनी छानबिनको राप छ, अर्कोतिर पार्टीभित्रै विस्फोट हुन लागेको विद्रोहको ज्वालामुखी । तर विडम्बना१ ओलीको दम्भको धरहरा अझै ढलेको छैन, जसले एउटा पेचिलो प्रश्न उठाएको छ– सबैथोक गुम्दा पनि ओलीको दम्भ किन गुम्दैन रु

नेपालीमा एउटा प्रसिद्ध र शाश्वत उखान छ– ‘कुकुरको पुच्छर बाह्र वर्ष ढुङ्ग्रोमा राखे पनि बाङ्गै ।’ यो उखान यतिबेला नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक चरित्रसँग हुबहु मेल खान्छ । एकातिर, जेनजीको आन्दोलनका क्रममा युवाहरूमाथि राज्यशक्तिको चरम दुरुपयोग गरी बर्बर दमन गरेर कलिला विद्यार्थीसहित ७६ जना युवाको हत्या गरेको गम्भीर अभियोगमा उनीमाथि कानुनी अनुसन्धानको तरबार झुन्डिरहेको छ । अर्कोतिर, आफ्नै पार्टीभित्रबाट नेतृत्व त्याग्न चौतर्फी दबाब सिर्जना भएको छ । तर, ओलीमा न चेतना पलाएको छ, न त सुध्रिने छाँटकाँट नै देखिन्छ । एकातिर उनी जनअनुमोदित बालेन शाह नेतृत्वको सरकारलाई ललकारिरहेका छन् भने अर्कोतिर पार्टीमा आफ्नो एकछत्र ’सिन्डिकेट’ कायमै राख्ने हठ गरिरहेका छन् । 

बाँकी भिडियोमा

प्रतिक्रिया दिनुहोस्