Logo
Logo

फिफा विश्वकप २०२६: खेल सुरु नहुँदै कीर्तिमानी तोडियो, यसरी उल्टिँदैछ फुटबलको संसार ! – भिडियोसहित


0
Shares

काठमाडौं । फिफा विश्वकप २०२६ अझै सुरु भएको छैन, तर इतिहासका नयाँ अध्यायहरू भने अहिलेदेखि नै लेखिन थालिसकेका छन् । अमेरिका, क्यानडा र मेक्सिकोले संयुक्त रूपमा आयोजना गर्न लागेको यो संस्करण केवल एउटा नियमित प्रतियोगिता मात्र होइन, यो त विश्व फुटबलको आकार, प्रभाव र भव्यतालाई नयाँ उचाइमा पु¥याउने एउटा महाकुम्भ हो ।

विश्वकपको इतिहासमा पहिलो पटक तीन राष्ट्रले संयुक्त रूपमा यसको आयोजना गर्दैछन्, पहिलो पटक ४८ देशहरू सहभागी हुँदैछन् र पहिलो पटक कुल १०४ खेलहरू खेलिनेछन् । यी तथ्यहरूले नै यस संस्करणलाई अहिलेसम्मकै सबैभन्दा विशाल र ऐतिहासिक बनाइसकेका छन् । तर, विश्वकपको वास्तविक महत्त्व केवल खेलको आकारमा मात्र सीमित हुँदैन ।

विश्वकप यस्तो मञ्च हो जहाँ महान खेलाडीहरू ‘किंवदन्ती’ बन्छन्, जहाँ दशकौँ पुराना कीर्तिमानहरू ढल्छन् र जहाँ फुटबलको नयाँ इतिहास कोरिने छ । आज हामी फिफा विश्वकप २०२६ मा तोडिन सक्ने पाँच कीर्तिमानबारे चर्चा गर्ने छौँ । बाँकी भिडियोमा हेर्नुहोस्

प्रतिक्रिया दिनुहोस्