Logo
Logo

किशोर चाम्लिङको ‘दिक्तेल बजारमा’ सार्वजनिक- भिडियो


315
Shares

काठमाडौँ । गीतकार किशोर चाम्लिङ राईको नयाँ गीत ‘दिक्तेल बजारमा’ सार्वजनिक भएको छ । गीतमा ग्रामीण जीवनशैली, युवा प्रेम, आत्मीय सम्बन्ध, लोक संस्कृतिको सुगन्ध र दिक्तेल बजारको स्थानीय परिवेशलाई कलात्मक रूपमा प्रस्तुत गरिएको छ।

संवादात्मक शैलीमा तयार गरिएको पूर्वेली गीतमा केटा–केटीबीचको मायाप्रेम, भविष्यका सपनाहरू, सहयात्राको चाहना तथा जीवनप्रतिको भावनात्मक दृष्टिकोणलाई समेटेको छ। लोकभाकासँगै प्रयोग भएका खेतबारी, कर्कलो पात, पिपिरी र बिनायो जस्ता प्रतीकहरूले गीतलाई थप मौलिक र जीवन्त बनाएका छन् ।

गीतमा वरिष्ठ संगीतकार शिवसंगम राईको संगीत रहेको छ भने स्वर एआई प्रविधिबाट प्रयोग गरिएको छ ।गीतकार राईले यसअघि पनि तीन दर्जनभन्दा बढी गीत सार्वजनिक गरिसकेका छन्। ‘दिक्तेल बजारमा’ गीत नेपाली सङ्गीत घर युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्