१. विपक्षी दलहरूले संविधानको मर्मविपरीत बजेट आएको भनी गरेको आरोपलाई अर्थमन्त्री स्वर्णिम वाग्लेको गरे खण्डन, समता र सामाजिक न्यायलाई बजेटको केन्द्रबिन्दु बनाइएको दाबी ।
२. सत्तारुढ दल रास्वपाकै सांसद अमरेशकुमार सिंह सरकारको बजेटप्रति असन्तुष्टि, बजेट कार्यान्वयन नहुने दाबी, योजनाभन्दा बढी आश्वासन बाँडिएको आरोप ।
३. बजेटले गरिब वर्गलाई समेट्न नसकेको एमाले सासंद पद्मा अर्यालको टिप्पणी, गरिबिको रेखामुनि रहेका २० प्रतिशत नागरिकको उत्थानमा ध्यान नदिएको आरोप ।
४. विभिन्न मागसहित धर्नामा बसेकाहरूलाई भेट्न माइतीघरमा पुगे गृहमन्त्री सुधन गुरुङ, आन्दोलनरत पक्षसँग छलफल गर्दै माग सम्बोधन गर्ने प्रतिबद्धता व्यक्त ।
५. नक्कली शरणार्थी प्रकरणमा ओली–आरजुसहितका नेताहरूलाई जिल्ला अदालत काठमाडौंमा झिकाउन माग गर्दै निवेदन दर्ता, प्रतिवादीको सम्पत्ति रोक्का गर्नसमेत माग ।
६. बालेनजस्तो व्यक्ति प्रधानमन्त्री हुनु देशका लागि दुर्भाग्य भएको नेकपा सांसद झक्कुप्रसाद सुवेदीको टिप्पणी, नेपाल–भारत सीमाबारे संसद्मा दिएको अभिव्यक्ति राष्ट्रियता विरोधी भएको दाबी ।
७. लागुऔषध नियन्त्रणका लागि रोकथाम नै उत्तम विकल्प भएको गृहमन्त्री सुधन गुरुङको भनाइ, नेपाल–भारत सीमा क्षेत्रमा निगरानी कडा पारिने ।
८. सरकारलाई एकपटकको जितले दम्भ नदेखाउन कांग्रेस सांसद पन्तको सुझाव, देशलाई सही दिशामा लैजानका लागि आपसी सहकार्य भएकाले सहमतिका आधार खोज्न आग्रह ।
९. सिसडोल–बञ्चरेडाँडाका स्थानीयमाथि राज्यले विगत २१ वर्षदेखि विश्वासघात गरिरहेको सांसद सिता थपलियाको आरोप, वैकल्पिक व्यवस्थाको वाचा पूरा नभएको प्रति आपत्ति ।
१०. सुकुमवासी उठिवासको विषयमा जाँचबुझ माग गर्दै मानव अधिकारकर्मीहरूले राष्ट्रिय मानव अधिकार आयोगमा बुझाए ज्ञापनपत्र, सर्वोच्चको आदेश समेत उल्लङ्घन गरेको दाबी ।
११. विपन्न, असहाय र बेवारिसे नागरिकको निःशुल्क उपचारका लागि नयाँ कार्यविधि स्वीकृत, अस्पतालले कम्तीमा १० प्रतिशत शय्या लक्षित वर्गका लागि छुट्याउनुपर्ने ।
१२. रास्वपा कोशी प्रदेश सभापतिमा चन्द्र राईको जित, चुनावी पराजित भएपछि सरिन तामाङको राजनीतिक सन्यास घोषणा, माथिको ह्वीप भन्दै गुटबन्दी गरेर हराएको तामाङको आरोप ।
१३. कक्षा १२ एसएलसीईको नतिजा असार १० गतेभित्र सार्वजनिक गर्ने राष्ट्रिय परीक्षा बोर्डको तयारी, टेबुलेसन कार्य तीव्र गतिमा अघि बढिरहेको परीक्षा नियन्त्रकको भनाइ ।
१४. पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट पहिलो नियमित अन्तर्राष्ट्रिय व्यावसायिक उडान शुरू हुँदै, पर्यटन र अर्थतन्त्रलाई नयाँ गति मिल्ने अपेक्षा ।
१५. वीर अस्पतालका आवासीय चिकित्सकले भत्ता नपाएको विरोधमा कालोपट्टी लगाएर प्रतिकात्मक आन्दोलन सुरु, ७२ घण्टाभित्र माग सम्बोधन नभए सम्पूर्ण सेवा ठप्प गर्ने चेतावनी ।
१६. मुग्लिङ–मलेखु सडकखण्डका चार पुल असारभित्र सञ्चालनमा आउने तयारी, खहरे, चिरौँदी, गोमती र हुग्दी खोलाका पुल अन्तिम चरणमा, सडक विस्तारको काम ४३ प्रतिशत सम्पन्न ।
१७. डेङ्गीको सङ्क्रमणदर घटाउन ‘सफा शुक्रबार’देखि कार्यक्रम सञ्चालन गर्दै सरकार, पाँच वर्षभित्र ६० प्रतिशतले घटाउने तयारी ।
१८. फुटबल विश्वकप निःशुल्क हेर्ने उपाय खोज्दा करिब १ करोड ६८ लाख रुपैयाँ ठगी, अनधिकृत लिंक नखोल्न साइबर ब्यूरोको आग्रह, अनधिकृत एप र वेबसाइट बन्द गरिंदै ।
१९. फुटबलको महाकुम्भ फिफा विश्वकप आज मध्यरातिदेखि शुरु हुँदै, उद्घाटन खेलमा आयोजक मेक्सिकोले दक्षिण अफ्रिकासँग प्रतिस्पर्धा गर्ने, दोस्रो खेल दक्षिण कोरिया र चेक गणतन्त्रबीच हुने ।
२०. र, अमेरिकी हवाई आक्रमणपछि हर्मुज जलमार्ग पूर्ण बन्द गर्ने इरानको घोषणा, सबै जलयात्रुलाई प्रतिबन्ध लगाइने र प्रवेश प्रयास गर्ने जहाजलाई सैन्य निशानामा राखिने चेतावनी ।














