Logo
Logo

नेकपा बाजुरा जिल्ला कमिटी सदस्य पवित्रा शाहीको निधन


- दृष्टि न्युज/संवाददाता


बाजुरा, १९ मंसिर । नेपाल कम्युनिष्ट पार्टी नेकपा बाजुरा जिल्ला कमिटी सदस्य पवित्रा शाहीको मृत्यु भएको छ । बिहीबार आफ्नै घर खप्तड छेडेदह गाउपालिका–२ माटेसाँघुमा एक्कासी बेहोस भएपछि उपचारको लागि लग्दै गर्दा बीच बाटोमै मृत्यु भएको पारिवारिक स्रोतले जनाएको छ ।

बिगत लामो समयदेखि मासिका हुदै सिअनमीको सरकार जागिर गर्दै आएकी शाही अनमीबाट राजीनामा दिएर २०७४ सालको स्थानिय निर्बाचनमा खप्तड छेडेदह गाउँपालिकाको नेपाल कम्युनिष्ट पार्टीको तर्फबाट उपाध्यक्ष पदमा उम्मेद्धा समेत भएकी थिइन् ।

मिजासीलो स्वभाव, अनि सहयोगी भावना भएकी शाही एक्कासी बेहोस भएपछि हृदयघात भएको हुनसक्ने पारिवारिक स्रोतले जनाएको छ । शाहीका एक छोरा एक छोरी छन् । छोरा वैदेशीक रोजगारी तथा अध्यायनको सिलसिलामा इटाली छन् भने छोरी अष्ट्रेलियामा छिन् ।

शाहीको मृत्युपछि नेपाल कम्युनिष्ट पार्टी नेकपा बाजुराले एक योद्धा गुमाएको छ । मृत्युले पार्टीमा ठूलो धक्का पुगेको नेकपा प्रचार तथा प्रसार बिभाग प्रमुख अमर खड्काले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्