Logo
Logo

माछापुच्छ्रे बैंक र प्रि–स्कुल एजुकेटर्स नेपालबीच सम्झौता


- दृष्टि न्युज/संवाददाता


काठमाडौं । माछापुच्छ्रे बैंक र एशोसिएसन अफ प्रि–स्कुल एजुकेटर्स नेपालसँग आबद्ध सदस्य वा सदस्यद्वारा सञ्चालित उद्यमीहरुलाई सहुलियत कर्जा उपलब्ध गराउनेसम्बन्धी सम्झौता भएको छ ।

उक्त सम्झौतापत्रमा एशोसिएसन अफ प्रि–स्कुल एजुकेटर्स नेपालको तर्फबाट अध्यक्ष बद्रीप्रसाद दाहाल तथा माछापुच्छ्रे बैंकको तर्फबाट संस्थागत तथा पूर्वाधार कर्जा लगानी प्रमुख सुभाष जमरकट्टेलले हस्ताक्षर गरेका हुन् । सम्झौतापश्चात प्रि–स्कुल एजुकेटर्स नेपालसँग आवद्ध सदस्य वा सदस्यद्वारा सञ्चालित उद्यमीहरुलाई माछापुच्छ«े बैंकले न्यूनतम रु. एक लाखदेखि अधिकतम रु. १५ लाखसम्मको सहुलियत कर्जा उपलब्ध गराउने छ ।

साना व्यवसायीहरुको मनोबल बृद्धि गरि स्वदेशमै आत्मनिर्भरता बढाउने तथा कोभिड–१९ ले सिर्जित विषम परिस्थितिका कारण विगत लामो समयदेखि बन्द रहेका स्कुल तथा अन्य व्यवसाय विस्तारै खुल्दै जान थालेको अवस्थामा व्यवसायलाई पुनः जीवन प्रदान गर्ने उद्देश्यले माछापुच्छ्रे बैंकले उक्त सम्झौता गरेको हो ।

स्थापनाकालदेखि नै नयाँनयाँ प्रविधिमा आधारित सेवा सुविधा ग्राहकमाझ ल्याउन कटिबद्ध रहेको माछापुच्छ्रे बैंक पूर्वदेखि पश्चिम साथै हिमालदेखि पहाड र तराईसम्म आफ्ना १६० वटा शाखा, १३३ शाखारहित बैकिङ सेवा र पाँच एक्सटेन्स काउण्टरसमेत गरी जम्मा २९८ स्थानमा रहेका सेवा सञ्जाल तथा १९८ एटीएम तथा एक हजारभन्दा बढी पिओएस मेसिनमार्फत ग्राहकलाई अत्याधुनिक प्रविधिसहित सम्पूर्ण बैकिङ सुबिधा प्रदान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्