Logo
Logo

रुपन्देही अदालतले पनि फिर्ता गर्‍यो रवि र जीबीविरुद्धको सम्पत्ति शुद्धीकरणको मुद्दा


0
Shares

काठमाडौं । जिल्ला अदालत रुपन्देहीले रास्वपा सभापति रवि लामिछाने लगायतमाथि रुपन्देही जिल्ला अदालतमा चलेको संगठित अपराध र सम्पत्ति शुद्धीकरणको अभियोग फिर्ता लिएको छ ।

न्यायाधीश रमेशकान्त अधिकारीको इजलासले सहकारी ठगीको मुद्दा यथावत राखी त्यसपछि थपिएका दुई अभियोगहरू फिर्ता लिने आदेश गरेको हो ।

रुपन्देही जिल्ला अदालतको आदेशसँगै रवि लामिछानेलगायतका आरपितहरूले पीडितहरूको फसेको रकम फिर्ताको सुनिश्चितता गरी मुद्दामा मिलापत्र गर्ने बाटो खुलेको छ ।

रविसँगै यो मुद्दामा मुछिएका जीबी राई, कुमार रम्तेललगायत विरुद्ध चलेका सहकारी ठगी बाहेकका अरु अभियोग फिर्ता भएका छन् । यसअघि जिल्ला अदालत कास्की र पर्साले पनि सहकारी ठगीबाहेकका अभियोग फिर्ता लिएका थिए ।

प्रतिक्रिया दिनुहोस्