Logo
Logo

सिडिओका कारण देशैभरी जोखिम


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, २३ मंसिर । तनहुँ घटनाले गत साता गृह प्रशासन मात्र होइन, सरकार आलोचित बन्न पुग्यो । पुल उद्घाटन कार्यक्रममा कांग्रेस नेता रामचन्द्र पौडेललाई प्रहरीले पक्राउ गरेको घटनाले तनहुँ मात्र होइन देशभरी कांग्रेसले सरकारविरुद्ध प्रदर्शन ग¥यो । भोलिपल्ट पुल उद्घाटन गर्न अनुमति दिन प्रशासन बाध्य भयो । कांग्रेसको राजनीतिक स्टन्ट सफल भयो ।

यो घटनाले सरकारको चर्काे आलोचना भयो । यसरी सरकार नै बदनाम हुने गरी तनहँु प्रशासनले नेता पौडेललाई निषेध गर्नुका पछाडी गृह मन्त्रालयमा भइरहेको चलखेल एउटा प्रमुख कारण हो । तनहुँका सिडिओ सागर आचार्यसँग यसअघि सिडिओका रुपमा काम गरेको अनुभव छैन । कार्यक्षमता र अनुभव होइन, चलखेलका आधारमा उनी सिडिओ भएका हुन् । जसकारण जसले उनलाई सिडिओ बनाएर तनहुँ लग्यो, नेकपाको त्यही समूहले पुल उद्घाटन रोक्न दबाब दिएको थियो । परिस्थितिको मूल्याङकन नगरी दबाबको भरमा निर्णय गर्दा त्यसले ठूलो रुप लिएको थियो ।

यसको पछाडी सिडिओ सरुवामा हुने चलखेल प्रमुख कारण रहेको गृह मन्त्रालयका एक अधिकारी बताउँछन् । विगतमा जिल्ला प्रशासनमा बसेर काम गरेको तथा कानूनको तालिम लिएको व्यक्तिलाई मात्र यसअघि सिडिओमा पठाउने गरिएको थियो । पछिल्लो एक वर्षयता सिडिओ सरुवामा बेथिती बढेको छ । गृहको कुनै अनुभव नै नभएकाहरु नेताहरुलाई खुशी बनाएर आफ्नो जिल्लामा सिडिओ लगेका छन् । जसकारण तनहुँ जस्ता घटना अन्य जिल्लामा समेत दोहोरिने जोखिम छ । गृह मन्त्रालयमै टिममा पनि शान्ति सुरक्षाको अनुभव नभएकाले पनि समस्या बढेको छ । जसकारण राजावादीको आन्दोलन सुरुमा रोक्न निर्देशन दिइएकोमा तनहुँ घटनापछि अप्रत्यक्ष रुपमा राजावादीको आन्दोनललाई सिडिओले मौन सहमति दिएको थियो ।

प्रतिक्रिया दिनुहोस्