Logo
Logo

सरकारलाई प्रतिपक्षका रचनात्मक सुझाव ग्रहण गर्न एमालेको आग्रह


63
Shares

काठमाडौं । नेकपा (एमाले) का प्रमुख सचेतक ऐनबहादुर महरले संसद्मा विचाराधीन विधेयकहरूमा प्रतिपक्षका रचनात्मक संशोधनहरूलाई सरकारले सकारात्मक रूपमा लिनुपर्ने बताएका छन् ।

The current image has no alternative text. The file name is: yan-mahar.jpg

शनिवार काठमाडौँमा ‘संस्कृतिमा काली–कर्णाली’ दोस्रो महाधिवेशनलाई सम्बोधन गर्दै उनले भने, “सरकारसँग स्पष्ट बहुमत छ, प्रतिपक्षका राम्रा कुरा समेट्दा कमजोर हुने पुरातन मानसिकता त्याग्नुपर्छ ।”

उनले हाल संसद्मा चलचित्र विधेयक र बौद्धिक सम्पत्ति सम्बन्धी विधेयक विचाराधीन रहेको उल्लेख गरे । प्रतिपक्षले दर्ता गरेका संशोधनलाई स्वीकार गर्दा सरकार कमजोर नहुने तर्क गर्दै उनले आफूले बौद्धिक सम्पत्ति विधेयकमा महत्त्वपूर्ण संशोधन प्रस्ताव गरेको बताए । 

विशेष गरी सुदूरपश्चिमको खस भाषा र संस्कृतिको संरक्षण गर्दै यसलाई राष्ट्रको मूल भाषा तथा संस्कृतिका रूपमा स्थापित गर्नुपर्ने उनको माग रहेको छ । उनले यस विषयमा थप अध्ययन र गृहकार्य गरिरहेको पनि स्पष्ट पारे । महरले संसदीय समितिमा दफावार छलफल चलिरहेको अवस्थामा सरकारले लचकता देखाउनुपर्नेमा जोड दिए । 

प्रतिक्रिया दिनुहोस्