Logo
Logo

एकै मञ्चमा भाषण गर्दै ओली, प्रचण्ड र माधव नेपाल


63
Shares

काठमाडौं । आज नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्ड र सहसंयोजक माधव नेपाल एकै मञ्चमा देखिने भएका छन् ।

The current image has no alternative text. The file name is: comminist-leader-nepal.jpg

जननेता मदन भण्डारीको ७५औँ जन्मजयन्तीका अवसरमा मदन भण्डारी फाउन्डेसनले आज असार १४ गते राष्ट्रिय सभागृहमा आयोजना गर्ने कार्यक्रममा उनीहरू सहभागी हुन लागेका हुन् । 

‘नेपालको कम्युनिस्ट आन्दोलन र जननेता मदन भण्डारी’ विषयक राष्ट्रिय गोष्ठीको प्रमुख आतिथ्य भने पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गर्ने तालिका रहेको छ । 

ओली, प्रचण्ड र नेपालसँगै सो कार्यक्रममा नेताहरू झलनाथ खनाल र जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादव पनि सहभागी हुँदै छन् ।

यस राष्ट्रिय गोष्ठीलाई पछिल्लो समय फरक–फरक राजनीतिक धारमा रहेका प्रमुख कम्युनिस्ट नेताहरूको साझा उपस्थितिका कारण पनि अर्थपूर्ण मानिएको छ ।

प्रतिक्रिया दिनुहोस्