काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पेट्रोल पम्प सञ्चालकहरू र इन्धन खुद्रा विक्रेताहरूलाई पेट्रोल र डिजेलको मूल्य तुरुन्तै घटाउन आग्रह गरेका छन् ।

कच्चा तेलको मूल्य प्रतिब्यारेल ६८ डलरमा झरेको भए पनि खुद्रा इन्धनको मूल्य अत्यधिक नै रहेको बताउँदै उनले यस्तो आग्रह गरेका हुन् । ट्रम्पले ट्रुथसोसियलमा लेखेका छन्, ‘इन्धन खुद्रा विक्रेताहरूले तुरुन्तै मूल्य घटाउनुपर्छ ।’
उनले हालको तेलको मूल्यको आधारमा ग्राहकहरूबाट बढी शुल्क लिइँदै गरेको जिकिर गरे ।
ट्रम्पले चेतावनी दिँदै भनेका छन्, ‘बढी शुल्क लिनु गैरकानुनी हो र यदि खुद्रा विक्रेताहरूले चाँडै मूल्य घटाएनन् भने गम्भीर समस्याको सामना गर्नुपर्नेछ ।’














