Logo
Logo

‘नेपाली ब्रो’ र प्रेमिकालाई थुनामा पठाउने आदेश


0
Shares

काठमाडौं । ‘नेपाली ब्रो’ भनेर चिनिने कुमार थापा र प्रेमिका प्रतीक्षा आचार्य पुर्पक्षका लागि कारागार चलान भएका छन् ।

काठमाडौं जिल्ला अदालतका न्यायाधीश महेन्द्रबहादुर कार्कीको इजलासले श्रीमती हत्या मुद्दामा उनीहरुलाई बिहीबार थुनामा पठाउने आदेश गरेको हो । अदालतले ‘नेपाली ब्रो’ का साथीहरु प्रतिवादी विक्रम थापा मगर र सुजन थापा क्षेत्रीबाट जनही १ लाख धरौटी माग गर्ने आदेश समेत गरेको छ ।

‘नेपाली ब्रो’ ले जेठ २२ गते नेपाली सेनामा कार्यरत श्रीमती ईश्वरी भुजेलको घाँटी रेटेर हत्या गरेका थिए । उनले अर्की युवतीसँगको प्रेम सम्बन्धका कारण श्रीमतीसँग विवाद भएपछि आवेगमा आएर उक्त घटना घटाएको स्वीकार गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्