Logo
Logo

शेखरले दिए पार्टीलाई एकताबद्ध गर्न नेतृत्वलाई २५ असारको अल्टिमेटम  


819
Shares

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टी एकताबारे २५ असारभित्र स्पष्ट निर्णय गर्न नेतृत्वलाई अल्टिमेटम (समयसीमा)दिएका छन् । उनले उपसभापति विश्वप्रकाश शर्मामार्फत पार्टी एकताबारे २५ असारभित्र स्पष्ट निर्णय गर्न नेतृत्वलाई अल्टिमेटम दिएका हुन् । 

The current image has no alternative text. The file name is: nepali-congress.jpg

नेता कोइरालालाई भेट्न उपसभापति शर्मा गत बिहीबार उनको निवास धापासी पुगेका थिए । बिहीबार बिहान भएको भेटमा नेता कोइरालाले उपसभापति शर्मालाई २५ असारभित्र स्पष्ट निर्णय गर्न समयसीमा दिएका हुन् । 

कोइरालाले शर्मालाई पार्टीलाई एक ढिक्का बनाए एकताबद्ध बनाउन निर्देशन दिएका हुन् । भेटका क्रममा कोइलाले नेतृत्वले पार्टी एकता गर्न नचाहेको बताएका हुन् । दुई नेताबीच बिहीबार बिहान धापासीस्थित निवासमा छलफल भएको हो । 

उपसभापति शर्मासँगको छलफलपछि नेता कोइराला निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई भेट्न उनको निवास गल्फुटार पुगेका थिए । दुई नेताबीच बिहीबार बिहान गल्फुटार छलफल भएको हो । 

खड्कासँगको भेट पछि नेता कोइरालाले बिहीबार नै नेताहरू कृष्णप्रसाद सिटौला, डा.शशांक कोइराला, डा. प्रकाशशरण महत र एनपी साउदसँग पछि छुट्टाछुट्टै छलफल गरेका थिए ।

नेता कोइराला शनिवार पूर्वउपसभापति विमलेन्द्र निधिलाई भेट्न उनको बानेश्वर हाइटस्थित निवास पुगेका थिए । दुई नेताबीच झण्डै एक घण्टा छलफल भएको जनाइएको छ ।  खड्का निवासमा शुक्रवार भएको छलफल, पार्टीलाई कसरी अगाडि लैजाने भन्ने विषयमा छलफल भएको जनाइएको छ । 

प्रतिक्रिया दिनुहोस्