Logo
Logo

घर-घरमा सवारी चालक अनुमति पत्र र राहदानी वितरण सुरु


63
Shares

काठमाडौं । सरकारले दुई लाख ६ हजार ३ सय ३० थान राहदानी हुलाकमार्फत सम्बन्धित जिल्ला प्रशासनमा ढुवानी गरेको जनाकारी गराएको छ । सरकारका प्रवक्ता सस्मित पोखरेलले शनिवार सरकारका सय दिने प्रगति सार्वजनिक गर्दै २ लाख ६ हजार ३ सय ३० थान राहदानी घरमै पुर्‍याइएको बताएका हुन् । 

The current image has no alternative text. The file name is: sasmit-pokharel.jpg

हाल २३ लाख ७५ हजार एक सय ८१ थान चालक अनुमति पत्र छपाइ सम्पन्न भइसकेको बताए । असार मसान्तसम्म २९ लाख छपाइ सम्पन्न गरिने उनले बताए ।

 हुलाक सेवामार्फत घर घरमा सवारी चालक अनुमति पत्र र राहदानी वितरण सुरु गरिएको समेत उनले बताए । सय दिनमा सरकारले एक हजार पाँच सय बढी राजनीतिक नियुक्ति खारेज गरेको समेत मन्त्री पोखरेलले  बताए । उनले हेलो सरकारमार्फत १० हजार ९ सय ३२ गुनासो प्राप्त भएको बताए ।

प्रतिक्रिया दिनुहोस्